गृहपृष्ठ » बिबिध » विपन्नलाई स्वास्थ्य शिविर

विपन्नलाई स्वास्थ्य शिविर

 Posted by Itahari Fm | error | ३१ पटक

इटहरी । विपन्न परिवारलाई लक्षित गरी मोरङको सुन्दरहरैंचा–६ स्थित गछियाको सुकुम्बासी वस्तीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । आर्थिक हिसाबले कमजोर आर्थिक स्थिती भएका सुकुम्बासीहरुलाई स्वास्थ्य सेवा दिन शिविर राखिएको हो ।
बीपी अध्ययन प्रतिष्ठान मोरङको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले ब्लड प्रेसर जाँचेर सुरु गरिएको थियो ।
डा. शेखेरले स्थानिय चन्द्रकला परियारको ब्लड प्रेसर जाँच गरेका थिए । गाउँमै निशुल्क उपचार हुने भए पछि दिनभरी मजदुरी गरेर खानेहरु पनि स्वास्थ्य जाँच गराउँन लामबद्ध भएका थिए ।
स्वास्थ्य शिविरमा नोबेल मेडिकल कलेजका डाक्टरद्वारा बिरामीको जाँच गरी निःशुल्क औषधी वितरण गरिएको थियो । करीब ५ सय स्थानीयहरुको स्वास्थ्य जाँच गर्नुका साथै औषधी पनि वितरण गरिएको बीपी अध्ययान प्रतिष्ठानको अध्यक्ष रञ्जन ओझाले बताए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook