गृहपृष्ठ » News » सडक अतिक्रमण हटाउन उपमहानगरको डोजर अभियान

सडक अतिक्रमण हटाउन उपमहानगरको डोजर अभियान

 Posted by Itahari Fm | error | ४० पटक

इटहरी । इटहरी उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन डोजर अभियान सुरु गरेको छ । सडक क्षेत्रलाई अतिक्रमण गरी विभिन्न घर टहरा र निर्माण सामाग्रिलाई हटाएर सडक चौडा बनाउने अभियान सुरु गरेको हो ।
इटहरीको पूर्वको सिमाना बुढीखोला देखी सडक अतिक्रमण गरी राखिएका सामाग्रीहरु हटाउन सुरु गरिएको उपमहनगरपालिकाले जनाएको छ । सडक क्षेत्रको भाग साढे ८२ फिट कायम गरी सडकमा राखिएका सामाग्री हटाउन सुरु गरेको हो । स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघ, नागरिक समाजको अगुवाईमा आजबाट कामको थलानी गदै सडक आसपासमा बनेका संरचना डोजर लगाएर भत्काइएको छ ।
यस अघि उपमहानगरले सात दिने सुचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएका टहरा, पर्खाल, थुपारिएको निर्माण सामाग्री, ग्यारेज, घुम्ती पसल हटाउन सुचना जारी गरेको थियो । सडक अतिक्रमणले इटहरी भित्र पार्किङ्ग गर्न ठाँउ अभाव र इटहरीको सौन्दर्य हराउदै गएको कारण सडक चौडा बनाउने कामको शुरुवात गरेको इटहरीका मेयर द्धारिकलाल चौधरीले जानकारी दिएका छन् । पूर्वपश्चिम बाहेक कोशी राजमार्गमा पर्ने धरान, बिराटनगर लाईनमा पनि सडक चौडा बनाउने काम सँगसँगै लाने उनले जानकारी दिएका छन् ।
खास गरी इटहरीको मुख्य चौकमा व्यापारीहरुले सडक अतिक्रमण गरी निर्माण सामाग्री राख्ने पसल सडक सम्मै राख्ने गर्दै आएका थिए । सडक साँघुरो र पैदल यात्रुलाई समेत समस्या पर्न थालेपछि सडकको दुवै पट्टि खाली गरिएको उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शैलेष विष्टले जानकारी दिए ।
सडकको ८२ फिट मिचेर वनाईएको घर, टहरा, लगायत व्यापारीले सडकमा थुपारिएको निर्माण सामग्री हटाउने र टहरा भत्काउन सम्बन्धित वडाध्यक्षकै निगरानीमा कार्य हुने उपमहानगरपालिकाले जनाएको छ ।
इटहरी उपमहानगरपालीकाका वातावरण अधिकृत पुष्प चौधरीले नगरको सौन्र्दय विग्रदै गएका कारण पनि सडकको आफ्नो क्षेत्र सफा गर्नुपरेको बताएका छन् । सडक क्षेत्रको अतिक्रमणसँगै फुटपाथ हराउँदै गएका कारण र ढलको व्यवस्था राम्रो नहुँदा इटहरीमा समस्या थपिदैँ गएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook