गृहपृष्ठ » इटहरी अपडेट » कर वृद्धिको विरोधमा काँग्रेसको ज्ञापन पत्र

कर वृद्धिको विरोधमा काँग्रेसको ज्ञापन पत्र

 Posted by Itahari Fm | error | ३२ पटक

इटहरी । नेपाली काँग्रेस इटहरीले कर वृद्धिको विरोधमा उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । इटहरी उपमहानगरपालिकाले अबैज्ञानिक ढंगबाट बृद्धि गरेको कर, शुल्क एंव दस्तुर बृद्धिको निर्णय सच्याउँन माग गर्दै नेपाली काँग्रेस नगर कमीटीले ज्ञापन पत्र बुझाएको हो ।
आज मेयर द्वारिकलाल चौधरीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेसले बढाईएका करको समायोजन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अस्वभाविक रुपमा कर बढाएको भन्दै उपमहागरको विरोध भईरहेको बेला प्रतिपक्ष नेपाली काँग्रेसले ज्ञापन पत्र बुझाउँदै विरोध सुरु गरेको हो । ज्ञापन पत्र बुझाएपछि बोल्दै नेपाली काग्रेस इटहरीका नगर सभापति हेमकर्ण पौडेलले अब्यवाहारीक रुपमा कर बढाएर इटहरीबासीलाई भार थपेकाले विरोध गर्नुपरेको बताउनुभयो ।
प्रतिपक्षी उपमहानगरलाई सहयोग गर्न तयार छ तर उपमहानगरले जनताको ढाड सेक्ने काम रोक्नुपर्ने सभापति पौडेलको भनाई थियो । काँग्रेसले बुझाएको १३ बुँदे ज्ञापना पत्रमा कर वृद्धि फिर्ता लिनुपर्ने, विभिन्न सेवा लिँदा लिएको अनावश्यक शुल्क हटाईँनुपर्ने लगायतका माग राखिएका छन् ।
यता इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले करको विषय विवादित भए पछि छानबिन गरेर समायोजन गर्न समिति बनाएको बताउनुभयो । उहाँले कर सच्याउँनु पर्ने भए उक्त समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने बताउनुभयो ।
पछिल्लो समयमा उपमहानगरपालिकाले कर बढाएको भन्दै विरोध हुने गरेको छ । विभिन्न समाजिक संघसंस्था तथा सेवाग्राहीले कर वृद्धिको विषयमा असन्तुष्टि जनाउँदै आएका छन ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook