गृहपृष्ठ » News » झुम्कास्थीत नहरमा डुबेर दुइजनाको मृत्यु

झुम्कास्थीत नहरमा डुबेर दुइजनाको मृत्यु

 Posted by Itahari Fm | error | ३११ पटक

सुनसरीको झुम्कास्थीत नहरमा डुबेर एकै घरका दिदि भाईको मुत्यु भएको छ । आज दिउँसो १२ बजे तिर ११ बर्षकी सृजना खड्का र उनका भाई ९ बर्षका अस्विन खड्का नहरमा डुवेको स्थानियले बताएका छन् । खाना खाएको भाँडा माज्ने क्रममा नहरमा दिदिभाई डुबेका थिए । नहरमा डुबेका बालबालिकाको ५ घण्टा पछि नहरबाट शव बाहिर निकालिको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पानी कटान गरी शव बाहिर निकालेको हो । खाना खाएर भाडा माझ्न गएका ९ बर्षीय अस्विन थाल बगाए पछि थाल लिन नहरमा पसेका थिए । भाई नहरको पानीमा डुवेको देखेपछि उनकी दिदि सृजना पनि भाई लिन जाँदा नहरमा डुवेको स्थानिय मिना खातुनले बताएकी छन्
झुम्का नहरको डिलमा सुनसरी मोरगं सिचाई आयोजनाको जग्गामा खड्का परिवार बस्दै आएका थिए । विगत केही समय देखि सिचाईको जग्गामा बस्दै आएको मृतकका बुवा दिनेश खड्काले बताएका छन् । मृतक बालबालिकाकी आमा केही महिना अघि मात्रै अर्कैसँग विवाह गरी हिँडेकी थिईन । आमा नभए पनि बुवा र घर नजिकै रहेकी हजुर आमासँग ती बालबालीका बस्दै आएका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook