गृहपृष्ठ » News » इनरुवामा काँग्रेसको विरोध प्रर्दशन

इनरुवामा काँग्रेसको विरोध प्रर्दशन

 Posted by Itahari Fm | error | ७४ पटक

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार अधिनायकवाद तर्फ हिँडेको आरोपलगाउँदै नेपाली काँग्रेसले आज देशभर विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस सुनसरीले पनि सदरमुकाम इनरुवामा विरोध प्रर्दशन गरेको छ ।
जिल्लाका गाउँ गाउँबाट नेपाली काँग्रेस समर्थकहरु जिल्ला पार्टी कार्यालयमा भेला भएर विरोध कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी शैलीको बिरोध, महंगी नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न माग गर्दै काँग्रेस समर्थकले नाराबाजी लगाउँदै इनरुवा बजार परिक्रमा गरेका थिए । नगर परिक्रममा पछि आमसभा आयोजना गरिएको थियो ।
सभालाई काँग्रेस नेता बिजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, सीताराम मेहता, प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताहरुले केपी ओलीको सरकारले दुई तिहाई बहुमतको आडमा सर्वसत्तावाद लादन खोजेको आरोप लगाएका थिए । बहुमतको आडमा जनतालाई एकपक्षिय रुपमा विभेद नगर्न नेताहरुले चेतावनी पनि दिएका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg