इटहरी शैक्षिक र ब्यबसायीक हीसाबले पुर्बमै उदाउदो छ । गुणस्तरीय शिक्षाकालागि बडे बडे कलेजहरु छन् । ब्यबसायीक हीसाबले बडे बडे भवनहरु इटहरीमा थपिइ रहेका छन् । सामाजीक संघसंस्थाको भुमिका दीनहु बडिरहेकोछ । तर पुर्बको केन्द्र इटहरीमा सबैखाले सुबिधा पाइने एउटा पनि ठुलो अस्पतालचै बन्दै बनेन । अनी रोटेसनमा डाक्टर आउने क्लीनीक थपिएका थपिएकै छन् । यस्तो चौबाटो अनी यतिका क्लीनीक चल्ने ठाँउमा एउटा हस्पीटल नबने तर साना साना क्लीनक चै कीन थपिएका थपीयै गरेका होलान ? यस्तै बिषयमा आज हामीले इटहरीको स्थीत बिपी मेडिकोका सन्चालक गणेस नेपालसंग कुराकानी गरेकाछौ । प्रस्तुत छ कुसल राइले नेपालसंग गरेको कुराकानीको संपादीत अंश ।
बिपी मेडीको कहिले र कसरी शुरुवात गर्नु भयो ?
२०७१ साल बाट बिपी मेडिकोको शुरुवात गरेको हुँ । म कमर्सको स्टूडेन्ट भए पनि स्वास्थ्य क्षत्रलाई अंगाल्दै आइरहेको छु र २०७५ देखि मेडीको लाई क्लिनिक रुपमा बिकास गरी स्सन्चालन गरिरहेको छु ।
तपाईले धरान र बिराटनगरका डाक्टरहरु द्वारा उपचार सेवा उपलब्ध छ भनेर प्रचार गरिरहनु भएको छ के अब इटहरी बासीहरुले धरान बिराटनगर धाइरहनु नपर्ने हो ?
हामी धरान र बिराटनगर संग तुलना त गर्न सक्दैनौ तर इटहरीको हकमा चाँही हामीले राम्रो उपचार सेवा दीन्छौ । जस्तै बरिष्ठ फिजिसियन (पेट,छाती,मुटु,मधुमेह,तथा थाइराइड रोग विशेषज्ञ) डा. अग्रज उप्रेती, बरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. चन्द्र भुषण झा, बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सन्दिप अधिकारी, बरिष्ठ नाक,कान,घाटी रोग विशेषज्ञ डा. वालेश्वर यादव, बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अन्जु देव, जेनरल फिजिसियन डा. गुन्जन त्रितालको सेवा अब हाम्रै क्लीनीकमा उपलब्ध छ । यस्कासाथै भिडियो एक्स—रे सेवा
पनि उपलब्ध छ ।
आम मानिसहरुको बुझाई इटहरीका क्लिनिकमा प्रचार बडी सेवा कम हुन्छ भन्ने छ । तपाइ के भन्नु हुन्छ ?
हामी काँहा त्यस्तौ छैन । हामी सरल दरमा गुणस्तरीय सेवानै दिन्छौ ।
इटहरीमा ससाना क्लीनक त धेरै छन। तपाइले पनि चलाइ रहनु भएको छ । तर यहा ठुलो हस्पीटल कीन खुल्नसकेन के लाग्छ तपाइलाइ ?
ठुलो हस्पीटल बनाउदा लगानी पनि ठुलै हुन्छ । १५, २० कीलोमिटरको दुरीमै ठुला ठुला हस्पीटल चलीरहेका छन् । यहा सामान्य दुघर्टना अथवा केही परेर ब्लड चाहीए बिराटनगर धराननै पुग्नु पर्छ । ब्लड बैकपनि छैन यस्ताधेरै कारण छन् । तर हामी आसा गरौ इटहरीमा पनि हस्पीटल बन्नेछ। २०७१ सालमा सानोमेडिको सुरु गरेको थिए । आज एउटा क्लीनीक भएको छ कुनै दिन बिपी मेडिको हस्पीटल नै बन्न पनि सक्छ ।
ब्यावसायको दुनियामा स्वास्थ्यको क्षत्रनै रोज्नु को कारण ?
सबैको आ–आफ्नै सोचबिचार हुन्छ फरक यति मात्र हो केलाई अङ्गाल्ने भन्ने हो । जतिवेला म आर्थिक समस्याले नोकरी गर्न थाले त्यसबेला काम गर्ने क्रममै म स्वास्थ्यको क्षत्रमा काम गर्न आए । र यसै क्षत्रमा अनुभव भयो । मलाई यहि क्षेत्र मनपर्यो त्ययसैले स्वास्थ्यको क्षत्रनै रोजेको हुँ
यो क्षत्रमा कतिको संघर्ष भैरहेको छ ?
संघर्ष नै छ । म ११ बर्षको हुदानै बुवा बित्नु भो । सामान्य परिबारमा आम्दानी गर्ने मुल ब्यक्तीकै निधन भएपछि आर्थीक स्थीती झन नाजुक हुनेनै भयो । म त्यतिबेला ६ कक्षामा पढ्थे । त्यसपछि पढाइ अघी बढाउन नीकै कठिन भयो । मिहिनेत गरेर राम्रो अंक सहित जनता स्कुलबाट एसएलसि पास गरे । त्यसपछि मोरङको साजिलाल क्याम्पसमा स्कलरसीप पाएँ । ११, १२ उत्कृष्ट नम्बर सहीत पास गरे । त्यसपछि ब्याजलर पढ्नलाई कोशी कलेजमा गएँ । त्यहा मुकुन्द घिमिरे सरले मेरो आर्थीक अबस्था बुझे पछि निशुल्क पढ्ने ब्यबस्था गरि दिनु भो । कोशीमा ब्याचलर पढ्दै गर्दा एउटा मेडीकल कम्पनीमा मेडीकल रेप्रीजेन्टेटिभ पोष्टमा काम पाएँ । काम गर्न थाले पछि ब्याचलर तेस्रो बर्षको फि तिरे । त्यस बाहेक ब्ययाचलर सकुन्जेल निसुल्क पढे । जुन दिनममेडिकल लाइनमा छिरे आज सम्म त्यहीलाइनमा काम गरिरहेको छु । बिमारीहरुलाई कुनै प्रकारको असुविधा नहोस । कुनै गुनासो गर्ने वातावारण नहोस भन्नाका निमित्त संघर्षरत छु ।
धारा बाहिक वास्तविकता बताइरहदा हामीले धेरै कुरा सीकिरहेका छौ र हामी अन्त्यमा पनि छौ । जाँदजाँदै केही भन्न चाहनुहुँन्छ की ?
धेरै युवाहरु बेरोजगार छौँ र अधिकांश युवाहरु बिदेश पलायन भैरहेको दुख लाग्दो अवस्था छ । यस्तो परिस्थी बाट मुक्त हुनका निमित्त हामीले स्वदेशमै केहि गर्नु पर्दछ । बुबाआमा अथवा अग्रजहरुले त खाली बाटो मात्र देखाउने हो शहि ढंगाले हिडेर लगनशील बनेर काम स्वयमले कर्म गर्नु पर्दछ र आम स्रोता तथा बिमारी पर्नेहरु महानुभावहरुलाई हाम्रो बिपी मेडीको एण्ड स्वास्थ्य क्लिनिकमा सेवा लीनु हुन अनुरोध गर्दछु ।