गृहपृष्ठ » News » धरानका मेयर सुब्बाको निधन ।

धरानका मेयर सुब्बाको निधन ।

 Posted by Itahari Fm | error | १०९ पटक

धरान उपमाहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारको क्रममा आज निधन भएको छ । निमोनिया भएपछि विगत एक सातादेखि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका सुब्बाको आज बिहान ११ बजे निधन भएको हो । उच्च रक्तचाप र मधुमेहका रोगी समेत रहेका सुब्बाको तीन वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण समेत गरिएको अस्पतालले जानकारी दिएको छ ।
तेह्रथुमको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका सुब्बाले २०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववीयू पाँचौबाट राजनीतिक जीवन सुरु गरेका थिए ।
०४६ को जनआन्दोलनमा धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा समेत परे । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ) सुनसरीको संस्थापक समेत रहेका उनी दुई कार्यकालसम्म युवासंघको सुनसरी जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । ०५४ को स्थानीय निर्वाचनमा धरान १७ बाट वडा सदस्यमा निर्वा्चि भई उनले जिल्ला विकास समितिमा इलाका नं. २ को सदस्यको जिम्मवारी पुरा गरेका थिए । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई हराउदै तत्कालीन एमालेबाट धरान उपमहानरपालिकाको प्रमुख बनेका थिए । सुब्बाका श्रीमती इन्दु राई सुब्बा र एक छोरा छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg