गृहपृष्ठ » News » सुनसरीमा दुर्घटना ६ जनाको मृत्यु

सुनसरीमा दुर्घटना ६ जनाको मृत्यु

 Posted by Itahari Fm | error | ६५ पटक

सुनसरीको कोसी गाउँपालिका अन्तर्गत कोसी कटान क्षेत्रमा गाडी र्दुघटना हुदा ६ जनाको ज्यान गएको छ । भारतीय नागरिक सबार भारतीय नम्बर प्लेटको बाेलेराे गाडी दुर्घटना भएको हो । पुर्बी नेपालको पर्यटकीय क्षेत्र भेडेटार आएर फर्कीदै गरेको भारतीय जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र अरु तीनजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतको सुपौलका गोलु कुमार राय, सञ्जीव कुमार पाेदार र कन्चनदेबी रायको उपचारका क्रममा विराटनगरस्थित सन्जीबनी अस्पतालमा मृत्यु भएको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्काइभेटर प्रयोग गरी गाडीलाई पानीबाट बाहिर निकाल्दा त्यसैमा तीनजनाको शव भेटिएको थियो । घटना स्थलमा मृत्यु हुनेमा सुरेन्द्र कुमार, धिरेन्द्र कुमार राय र लिलिया देबी राय रहेकाे प्रहरीले बताएकाे छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बीआर ०६ बीपी ६४१८ नम्बरको गाडी राति साढे ९ बजेतिर अनियन्त्रित भइ कटान क्षेत्रमा जमेको पानीमा खसेको थियो । दुर्घटजनामा घाइते हुनेहरुमा भारत सुपौलकै आदिपकुमार, ललनकुमार र निलु राय छन् । जिपका चालक भारत ब्रहमपुराका सुशील कामत भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook