गृहपृष्ठ » खेल/मनोरन्जन » २ नम्बर र १८ नम्बर बाहिनी “पृतनापति ट्रफि २०७५ ” जित्न सफल

२ नम्बर र १८ नम्बर बाहिनी “पृतनापति ट्रफि २०७५ ” जित्न सफल

 Posted by Itahari Fm | error | ३१४ पटक

ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटरमा संचालन भएको “पृतनापति ट्रफि खेलकुद प्रतियोगिताको आज समापन गरिएको छ । जेठ २१ गते देखि सुरु भएको यो प्रतियोगिता पूर्वी पृतना हेडक्वाटर इटहरी लगायत २ नम्बर, १८ नम्बर र २१ नम्बर बाहिनी अड्डा अन्तरगतका गण तथा गुल्महरुमा संचालन गरिएको थियो । बिभिन्नि ठाँउमा भएका खेलहरु मध्ये कबड्डी, साईक्लिग, तेक्वान्दो, बक्सिग र एथलेटिक्स खलेमा २ नम्बर बाहिनी प्रथम, स्वीमिग र हेह्याण्डबल खेलमा १८ नम्बर बाहिनी प्रथम भएका छन् । फुटबल खेलमा भैरबीदल गण, भलिबल खेलमा पशुपति प्रसाद गण, बास्केटबल खेलमा शेर गण र गुल्म भलिबलमा रणभीम गुल्मले प्रथम भएका थिए । ट्रफि अन्तरगत समग्र खेलमा समान अकं लिएर २ नम्बर बाहिनी र १८ नम्बर बाहिनी “पृतनापति ट्रफि २०७५” जित्न सफल भए । २१ नम्बर बाहिनी अड्डा दोश्रो स्थान हासिल गर्न सफल भएको छ । समापनका अबसरमा आज आयोजित कार्यक्रममा तेक्वान्दो खेल तर्फ विजयी खेलाडीहरुलाई २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सागर बहादुर के.सी., बक्सिग खेल तर्फ विजयी खेलाडीहरुलाई १८ नम्बर बाहिनी अड्डाका बाहिनी पति भरत प्रसाद पाठक र २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति बालकृष्ण कार्कीले प्रमाणपत्र तथा मेडल प्रदान गरे । पृतनापति समीर शाहीले निर्णायक मण्डलका सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गर्नुका साथै सबै विधाहरुमा उत्कृष्ट नतिजा हासिल गर्न सफल २ नम्बर र १८ नम्बर बाहिनी अड्डालाई संयुक्तरुपमा ट्रफी हस्तान्तरण गरेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg