गृहपृष्ठ » खेल/मनोरन्जन, बिबिध » धरान र इटहरीमा दुइवटा नया सिनेमा हल

धरान र इटहरीमा दुइवटा नया सिनेमा हल

 Posted by Itahari Fm | error | १४७८ पटक

धरान र इटहरीमा एकसाथ दुइवटा सिनेमा हल सन्चालनमा आएका छन् । धरानमा ब्यबसायी बलराम आचार्य र हेमु थापाले गोर्खा सिनेप्लेक्स नामको हल सन्चालनमा लएका हुन भने इटहरीमा सिनेमाकै क्षेत्रमा कृयासिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा लगायतको टिमले एलाइट सिनेमा नामको हल सन्चालनमा ल्याएको हो । दुबै सिनेमा हल जेठको अन्तीम सुक्रबार साझ एक साथ सन्चालनमा ल्याइएको छ । धरानको गोरखा डिपार्टमेन्ट स्टोरको भवनमा रहेको अत्याधुनिक हल गोरखा सिनेप्लेक्स करिब पाँच करोडको लागतमा सन्चालनमा आएको बताइएको छ । २ सय २६ सिट क्षमताको यो गोरखा सिनेप्लेक्सको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले एक कार्यक्रम विच उद्घाटन गरेकी हुन । प्रयाप्त पार्किगं सहितको गोरखाा सिनेप्लेक्समा पुर्ण एचडी क्वालटी रहेको उद्घाटन कार्यक्रममा जानकारी गराइयो । पहिलो शो नेपाली चलचित्र चगां देखाइएको थियो ।
इटहरीको आइतबारेमा निर्मीत एलाइट सिनेमा मा पनि २ ओटा अत्याधुनिक हल छन् । एउटा हलमा २०८ जनाको सिट क्षमता छ भने अर्को हलमा १४४ जनाको सिट क्षमता रहेको छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाईने यी हलहरुमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएका छन् । यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट दर पनि राखिएको निर्माता तथा हल संचालक छविराज ओझाले बताएका छन् । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० टिकट दर राखिएको छ । इटहरीमा झण्डै दुइ दशक अघि सम्म सिनेमाको राम्रै बजार थियो । श्रीकृष्ण टाकीज, पशुपति भिजन लगायतका हलमा सिनेमा हेर्नेको भिड हुन्थ्यो । तर पछि बिस्तारै दर्शक घट्दै गए र यी चल्तीका हल बन्द भए । यी हल बन्द भए पछि करिब डेड दशक इटहरीमा सिनेमा हेर्ने कुनै हल थिएन । तिन बर्ष अघि पुर्बमै आधुनिक र ब्यबस्थीत हलको रुपमा इटहरीमा आइ सिनेमा सन्चालनमा आयो । त्यसपछि धरान र बिराटनगरका दर्शक पनि इटहरी आउन थाले । इटहरीमा फिल्मको बजार फेरी लयमा आयो । तर अहीले बिराटनगरमा पनि आधुनिक हल चालु भैसकेका छन् र धरानमा पनि इलाइट सिनेमा सुरु भएकै दिनदेखि गोर्खा सिनेप्लेक्स सन्चालनमा आएको छ । अब इटहरीका दुबै सिनेमा हल एलाइट सिनेमा र आइ सिनेमाले इटहरी र आसपासका क्षेत्रका दर्शककै भर पर्नु पर्ने भएको छ । धरानमा सन्चालनमा आएको गोर्खा सिनेप्लेक्स भने आधुनिक प्रबिधिको धरानको उक मात्र हल भएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook