गृहपृष्ठ » इटहरी अपडेट, खेल/मनोरन्जन » इटहरीमा नया सिनेमा हल

इटहरीमा नया सिनेमा हल

 Posted by Itahari Fm | error | ६०२ पटक

इटहरीमा नया सिनेमा हल सन्चालनमा आएको छ । लामो समयदेखि सिनेमाकै क्षेत्रमा कृयासिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा लगायतको टिमले इटहरीको आइतबारेमा एलाइट सिनेमा हल सन्चालनमा ल्याएको हो । यो अत्याधुनिक सिनेमा घरमा २ ओटा हल छन् । एउटा हलमा २०८ जनाको सिट क्षमता छ भने अर्को हलमा १४४ जनाको सिट क्षमता रहेको छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाईने सो हलहरुमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएका छन् । यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट दर पनि राखिएको निर्माता तथा हल संचालक छविराज ओझाले बताएका छन् । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० टिकट दर राखिएको छ । इटहरीमा झण्डै दुइ दशक अघि सम्म सिनेमाको राम्रै बजार थियो । श्रीकृष्ण टाकीज, पशुपति भिजन लगायतका हलमा सिनेमा हेर्नेको भिड हुन्थ्यो । तर पछि बिस्तारै दर्शक घट्दै गए र यी चल्तीका हल बन्द भए । यी हल बन्द भए पछि करिब डेड दशक इटहरीमा सिनेमा हेर्ने कुनै हल थिएन । तिन बर्ष अघि पुर्बमै आधुनिक र ब्यबस्थीत हलको रुपमा इटहरीमा आइ सिनेमा सन्चालनमा आयो । त्यसपछि धरान र बिराटनगरका दर्शक पनि इटहरी आउन थाले । इटहरीमा फिल्मको बजार फेरी लयमा आयो । तर अहीले बिराटनगरमा पनि आधुनिक हल चालु भैसकेका छन् र धरानमा पनि इलाइट सिनेमा सुरु भएकै दिनदेखि गोर्खा सिनेप्लेक्स सन्चालनमा आएको छ । अब इटहरीका दुबै सिनेमा हल एलाइट सिनेमा र आइ सिनेमाले इटहरी र आसपासका क्षेत्रका दर्शककै भर पर्नु पर्ने भएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook