गृहपृष्ठ » News » सुनका लगानीकर्ताको घरमा छापा

सुनका लगानीकर्ताको घरमा छापा

 Posted by Itahari Fm | error | २० पटक

३८ सय किलो सुन तस्करीको मुद्दामा फरार रहेका मोहन अग्रवाल एमकेको घरमा आज प्रहरीले छापा मारेको छ। सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको हो । छापा मार्ने क्रममा ३० लाख रुपैयाँ नगद, २ किलो चाँदी र १० तोला सुन बरामद भएको छ । घर दुई महिनादेखि बन्द थियो । टोलीले उनकी श्रीमतीले घरमा भएका अरु सुन र नगद लिएर भागेको अनुमान गरेको छ । प्रहरीले अग्रवालले प्रयोग गर्ने बा १० च २८२ नम्वरको कार समेत बरामद गरेको छ । त्यस्तै अग्रवालको कोठाबाट केही थान चेकबुक, सुनको कारोवार भएका रसिद र तीन थान सुन बोक्ने ज्याकेट समेत बरामद भएको छ । टोलीले अग्रवालको खोजी गरिरहेको जनाएको छ । पूर्पक्षको लागि थुनामा रहेका मध्ये अधिकांशले माघ ९ गते विमानस्थलबाट हराएको सुनमा अग्रवालको लगानी रहेको बयान दिएका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook