गृहपृष्ठ » अर्थतन्त्र » पुर्बमा गरिमा बैंकका ८ शाखा सन्चालनमा

पुर्बमा गरिमा बैंकका ८ शाखा सन्चालनमा

 Posted by Itahari Fm | error | ६२६ पटक

गरिमा बिकास बैंकले पुर्बी नेपालमा एक साथ ८ वटा साखा सन्चालनमा ल्याएको छ । दश बर्ष अघि तिन जिल्ले बिकास बैंकका रुपमा स्याङजामा स्थापना भएको यो बैंकले धरान, इटहरी, बिराटनगर, बिर्तामोड जस्तापुर्बका शहरहरु र बिराटचौक, टंकी सिनुवारी, बुधबारे, बनीयानी जस्ता द्रुतगतिमा बिकास भैरहेका ठाँउमा एक साथ साखा स्थापना गरेको हो । स्थानीय स्तरका बिभिन्न बैंकसंग मर्जर पछि राष्ट्रिय स्तरको बिकास बैंक भएको गरिमा बिकास बैंकको इटहरी शाखाको आज इटहरी उपमहानगरपालीकाका मेयर द्वारीकलाल चौधरीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बराल र प्रमुख कार्यकारी अधिकृत गोबीन्द ढकालले शाखा बिस्तारसंगै सेवाग्राहीलाइ उत्कृष्ट बैंकीगं सेवा दीने प्रतिबद्दता जनाएका छन् ।
काठमाण्डौको लाजिम्पाटमा मुख्य कार्यालय रहेको गरिमा बिकास बैंकका देश भर ५७ वटा शाखा सन्चालनमा छन् । पुर्बमा शाखा बिस्तार गर्नेक्रममा बैंकले सेवाग्राहीलाइ आकर्षीत गर्न बिभिन्न स्कीम ल्याएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg