गृहपृष्ठ » News, इटहरी अपडेट » सिजन गुरुङ रिहा

सिजन गुरुङ रिहा

 Posted by Itahari Fm | error | १०६ पटक

नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ रिहा भएका छन् । गुण्डागर्दीको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाइएका गुरुङ शुक्रबार छुटेका हुन् । उनी धरौटीमा रिहा भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए । तरहराकी एक महिलाको जग्गा र त्यसमा बनेको घरको भाडा उठाएर खाएको आरोप उनीमाथि लागेको थियो । स्थानीयबासी र उनी आबद्द पार्टी नेपाली काग्रेसले भने सिजनले कुनै गल्ती नगरेको र उनलाइ बिना सर्त छाड्नु पर्ने माग गर्दै आन्दोलन गर्दै आएका थीए । सिजनलाइ पक्राउ गरेको बिरोधमा प्रदेस संसद समेत अबरुद्ध भएको थियो । नेपाली काग्रेसका प्रभाबसाली नेताहरु ज्ञानेन्द्र बहादुर कार्की, शेखर कोइराला लगायत केन्द्रका नेता समेत सिजनको रिहाइकालागि दबाब दीन सुनसरी आएर भाषण गरेका थिए । सिजनले भने आफूले जग्गा बेचिसकेकोले आफूलाई जबरजस्ती मुछ्न खोजिएको बताउँदै आएका थिए । अनुसन्धानका नाममा उनलाई पटक पटक म्याद थपेर प्रहरी हिरासतमा राखेको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook