गृहपृष्ठ » News, इटहरी अपडेट » सिजन गुरुगंलाई विनासर्त रिहाई गर्न तरुण दलको माग

सिजन गुरुगंलाई विनासर्त रिहाई गर्न तरुण दलको माग

 Posted by Itahari Fm | error | ७० पटक

गएराती पक्राउ परेका नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंलाई विनासर्त रिहाई गर्न तरुण दल सुनसरीले माग गरेको छ । तरुण दलले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै तरुण दलका जिल्ला सभापित गुरुगंलाई सुनियोजित रुपमा फसाउँन खोजिएको भन्दै तत्कालन रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला उपाध्यक्ष सन्तोष वि.कले राजनितिक पूर्वाग्रहका आधारमा पक्राउ गरेको भन्दै आपत्ती जनाए । सामान्य विवादलाई लिएर राजनितिक प्रतिशोध साँध्न पक्राउ गरिएको उनको आरोप रहेको छ ।
यस्तै नेपाली काँग्रेस सुनसरीले पनि विज्ञप्ती जारी गर्दै पक्राउ गरिएका तरुण दलका जिल्ला सभापति सिजन गुरुगंलाई विनासर्त छाड्न माग गरेको छ । जिल्ला सभापति राजिव कोइरलाद्धारा जारी विज्ञप्तीमा गत शुत्रवार मात्र तरहरामा भएको उक्त जग्गाको विवादमा न्याय पाउ भनी जिल्ला प्रशासन सुनसरीमा अपिल गरेको अवस्थामा प्रहरीले झुटोमुद्धा लगाउँन धरपकट गरेको उल्लेख गरिएको छ । गुरुङलाई विनासर्त नछोडिए काँग्रेस चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ ।
शुत्रबार इटहरी २० तरहराकी तीर्थकुमारी गिरीको १९ धुर जग्गाको सिमानाको विषयमा गुरुगं र जग्गाधनी वीच विवाद भएको थियो । गिरीको जग्गाको सिमाना नाप्न अमिन आएको समयमा जग्गाधनि गिरीका छोरा र गुरुगंका सालो वीच सामान्य हात हालाहाल भएको थियो ।
पिडित पक्षले अमिनि लगेर जग्गा नाप गरेको ठाउँमा गएर पिडित पक्षलाई कुटपिट गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलयका डिएसपी शिवकुमार श्रेष्ठले जनकारी दिए । गुण्डागर्दी शैलीमा जग्गाधनी पक्षलाई कुटपिट गरिएका कारण पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।
तत्कालिन हाँसपोसा गाविसको २ क को कित्ता नम्बर ३७६ र ४१२को १९ धुर जग्गा कृषि विकास बैंक लिमिटेड धरानको लिलामीबाट गुरुगंले सकार गरीपछि अन्तै विक्री वितरण गरिसकेको गुरुगं पक्षको भनाई छ । उक्त जग्गासँग सधिँयार रहेकी र्तीर्थकुमारी गिरीसँग सिमानाको विषयमा विवाद हुँदै आएको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook