गृहपृष्ठ » News » सुनसरीका जिल्ला शिक्षा अधिकारी घुस सहित पक्राउ

सुनसरीका जिल्ला शिक्षा अधिकारी घुस सहित पक्राउ

 Posted by Itahari Fm | error | ३६९ पटक

सुनसरीका जिल्ला शिक्षा समन्वय अधिकारी खगेन्द्र सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इकाई कार्यलय इटहरीले ५० हजार घुस सहित पक्राउ गरेको छ । आज विहान सुवदीलाई पक्राउ गरी अख्तियारको नियन्त्रणमा लिएको हो ।
सुनसरीको कोशी गाउँपालिकाको भेन्टाबारीस्थित एक आधारभूत विद्यालयमा शौचालय र पर्खाल बनाउने योजना उपलब्ध गराउन ५० हजार घुस लिएको कारण पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख प्रदिप कोईरालाले वताए । उनले भने योजना पारिदिने भन्दै लामो समय देखि पैसा मागेको र उनीहरुले ५० हजार दिएका थिए हामीले पैसा सहित पक्राउ गरेका छौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका अनुसार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । शिक्षा क्षेत्रमा बढ्दो भष्ट्रचार नियन्त्रण गर्ने शिक्षा क्षेत्रलाई अख्तियारले विशेष ध्यान दिदै आएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg