गृहपृष्ठ » News, इटहरी अपडेट » मोनो रेल कुदाउन इटहरीले दियो अनुमति

मोनो रेल कुदाउन इटहरीले दियो अनुमति

 Posted by Itahari Fm | error | ३६५ पटक

नेपालमै पहिलो पटक निजि क्षेत्रबाट सञ्चालनमा गर्न लागिएको मोनो रेललाई इटहरी उपमहानगरपालिकाले अनुमति प्रदान गरेको छ । भारतको जोगवनी देखी विराटनगर, इटहरी हुँदै तरहरा सम्म सञ्चालन गर्न लागिएको मोनोरेलको सञ्चालन अनुमति लिइएको मोनो रेल इन्टरनेशनल प्रालीका निर्देशक कोवितजङ्ग कार्कीले बताउनुभयो ।
विराटनगरमा कार्यालय स्थापना गरेर यस कम्पनीले मोनो रेल सञ्चालनका लागि तिव्र गतिमा काम गरिरहेको छ । कम्पनीले रेल सञ्चालनका लागि स्थानिय तहहरुबाट सञ्चालनको अनुमति लिएर कानुनी प्रकृयाहरु पुरा गर्दै गएको निर्देशक कार्कीले बताए । विराटनगर महानगरपालिका, दुहवी नगरपालिकाबाट कम्पनीले यस अघि नै सञ्चालन अनुमति लिइसकेको छ।
कम्पनीले पहिलो चरणमा मोनो रेल कोशी राजमार्गमा जोगवनी देखी इटहरीको तरहरा सम्म सञ्चालन गर्ने बताएको छ । दोस्रो चरणमा भने विराटचौक देखी झापा,इलाम सम्म , इटहरी देखी कोशी व्यारेज सम्म रेल सञ्चालन गर्ने योजना रहेको निर्देशक कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार आगामी ३ वर्ष भित्र मानो रेल सञ्चालनमा ल्याईने छ । मोनो रेलले सञ्चालनमा आए ३५ किलोमिटरको दुरी १० देखि १५ मिनेटमा यात्रा गर्न सकिने कम्पनीको भनाई छ । मोनो रेल सञ्चालनका लागि करिब ७ अर्बको लागानी लाग्ने कम्पनीको प्रक्षेपण रहेको मोनो रेल इन्टरनेशलन प्रा.लिका अध्यक्ष परमानन्द मेहताले जानकारी दिनुभयो ।
हाल विस्तारको क्रममा रहेको जोगमनी किमाथांका ६ लेन सडकसँगै यो मोनो रेल पनि सञ्चालन गर्ने तयारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल कुदाउने सपना देखाएपछि हरेक नेपालीले रेल यातायातलाई निकै चासो पूर्वक लिने गरेका छन् । विदेशका सडकहरुमा सामान्य रुपमा गुड्ने मोनो रेल नेपालका लागि भने अझै सपना झै बाड्ने कुरा हुने गरेको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook