गृहपृष्ठ » News » सरकारी मापदण्ड अनुसार नै ६ लेन सडक बन्छ, अवरोध हुँदैन : मेयर चौधरी

सरकारी मापदण्ड अनुसार नै ६ लेन सडक बन्छ, अवरोध हुँदैन : मेयर चौधरी

 Posted by Itahari Fm | error | ६५९६ पटक

इटहरी

त्रिदेशीय महत्वको जोगमनी किमाथांका जोडने रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारमा इटहरी उपमहानगरपालिकाले अवरोध नगर्ने बताएको छ । केही समय अघि उपमहानगरपालिकाले पत्र नै पठाएर इटहरीको मुख्य चौकमा १५।१५ मिटर भित्र मात्र सडक विस्तार गर्न भन्दै पत्र पठाएपछि विवाद भएको थियो । इटहरी एफएमसँग कुराकानी गर्दै इटहरी उपमहानगरपालिका मेयर दवारिकलाल चौधरीले सडक विस्तार आयोजनामा अवरोध नहुने बताएका छन ।
इटहरी एफ.एमको साप्ताहिक कार्यक्रम सम्बृद्ध इटहरीमा कुराकानी गर्दै मेयर चौधरीले सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नै सडक विस्तार गरिने पनि स्पष्ट पारेका छन । मुख्य चौक क्षेत्रका ठुला व्यापारीको दवावमा परेर रानी विराटनगर इटहरी धरान सडक आयोजनामा पत्र पठाएरै १५ मिटर भन्दा बढि भत्काउन रोक लगाएको भनी समाचारहरु आएका थिए । बाहिर समाचारमा आए जस्तो नभएको भन्दै मेयर चौधरीले ६ लेन सडक विस्तारमा सरकारी मापदण्ड भन्दा तलमाथी नगरिने पनि स्पष्ट पारेका छन । मेयर चौधरीले भने ‘सडक निर्माणमा रोक्न भनेर उपमहानगरपालिकाले कहिल्यै नभनेको, कार्यपालिकाको बैठकले पनि निर्णय गरेको छैन ।’

उनीसँग गरिएको कुराकानी तपाईले तलको लिंकमा क्लिक गरेर विस्तृत अन्र्तवार्ता सुन्न सक्नुहुन्छ ।
लिंक

 

बाहिर समाचारहरुमा आएका कुरा,निर्णय गरिएको भनिएको पत्र आधिकारी नभएको पनि मेयर चौधरीले बताएका छन । सडक निर्माणमा रोक लगाउन कुनै व्यापारीको दवाव नआएको र त्यस्तो दवावले कुनै असर नहुने मेयर चौधरीले बताए ।
धेरै क्षति हुने भन्दै व्यापारीहरुले गुनासो गर्दै डेलिगेसन आउँदा सरकारलाई र सडक आयोजनालाई सवै तिर एकै नितिका लागि पुर्नविचार गर्न अनुरोध मात्र गरिएको मेयर चौधरीले बताए । यहि एउटा पत्रका आधारमा उपमहानगरपालिकाले बाटो निर्माणमा रोक लगायो भन्न नमिल्ने चौधरीको भनाई छ ।

कार्यक्रम सम्बृद्ध इटहरीमा बोल्दै मेयर चौधरीले हुलहुज्जत गर्दै दुव्र्यवहार गर्न खोज्ने गलत कार्यको भत्र्सना पनि गरेका छन । उनले जनताको गुनासो समयमै सम्बोधन गर्न नसक्दा समस्या आएको पनि बताए । जनअपेक्षा अनुसार नै खेती खोला सफाई अभियान सुरु हुने पनि मेयर चौधरीले स्पष्ट पारे । केही प्राविधिक समस्याका कारण भत्काउनुपर्ने घरका लागि समय मात्र दिइएको र चाँडै खोला सफाई अभियान सुरु हुने पनि बताए । कानुनी प्रकृया पुरा गरेर अतिक्रमित क्षेत्रका भौतिक संग्रचना भत्काईने पनि मेयर चौधरीले स्पष्ट पारे । ६ लेन सडकमा आएको विवाद र खेती खोला सफाई अभियानसँगै मेयर माथीको दुव्र्यवहारका विषयमा पनि चौधरीले भित्री कुरा खुलासा गरेका छन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg