गृहपृष्ठ » खेल/मनोरन्जन » छक्कापञ्जा ३ को छायाँकन सुरु को को छन नयाँ कलाकार

छक्कापञ्जा ३ को छायाँकन सुरु को को छन नयाँ कलाकार

 Posted by Itahari Fm | error | ५४ पटक

दिपकराजगिरी र दिपाश्री निरौलाको छक्कापञ्जा ३ को छायाँकन शुक्रबारदेखिसुरु भएको छ ।बैशाख २८गते बिहान भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा पुजा आजा गर्दै सोही ठाउँको वरपरबाट छायाँकन सुरु गरिएको हो । मुर्हतमा बरिष्ठकलाकार हरिवंशआचार्यले टिमलाई फिल्म सफलहोस् भन्दै आशिषदिए । छक्कापञ्जा ३ को छायाँकन राजधानी आसपास सहित चित्लाङ, दमैली र बाग्लुङमा गरिने निर्देशक दिपाश्री निरौलाले बताइन् ।४५ दिनमा सुटिङ सक्ने योजनाबनाएकाछौं, तेश्रो पटक निर्देशनमा उत्रिएकी दीपाश्रीले भनिन्, दर्शकले चुनौती थपिदिनु भएको छ । टिममिलेर राम्रो फिल्मबनाउने प्रयास गर्छौं ।

यता अभिनेता, लेखक तथा निर्माता दिपकराज गिरीले छक्कापञ्जा ३ मा नायिका दीपिका प्रसाईंको आगमनबारे प्रष्ट्याए । कथाले मागे पछि हाम्रो टिममा दीपिका कोआगमन भएको हो, दीपकले भने, दर्शकले पनि छक्कापञ्जामा नयाँ जोडी हेर्न चाहिरहनु भएको थियो । छक्कापञ्जा टिम सँग काम गर्न पाउँदा ऐश्वर्य डेव्यु नायिका दीपिका पनि दंग देखिइन् ।
यो टिम सँग काम गर्न पाउँनु मेरो लागिठुलो कुरा हो, दीपिकाले भनिन्, म माथि विश्वास गरिदिनु भएकोमा दिपक दाई र दीपा दिदीप्रति आभारी छु । यस्तै मंगलममा दर्शक रुवाएका नायक पुष्पखड्काले छक्कापञ्जा ३ मा दर्शक हसाउँने बताए । दीपिकासँगै पुष्पको पनि छक्कापञ्जा ३ आगमनभएको हो ।

आमा सरस्वती मुभिज प्रा.लि तथा आइएम ई को प्रस्तुती रहेको फिल्म छक्कापञ्जा ३ मा दीपकराज, दीपिका सँगै जितु नेपाल, केदार घिमिरे, बुद्धितामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्दलामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मीगिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्पखड्का र प्रियंकाकार्कीको अभिनय रहनेछ ।
जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी भान्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तमप्रधान, ताराचन्द्र बजगाईदीपेन्द्र खनिया र केशवन्यौपाने निर्माताको रुपमाछन् ।

फिल्ममाअर्जुन पोखरेल र दीपकशर्माको संगीत रहनेछ भने छायाँकन पुरुषोत्तमप्रधानले गर्नेछन् । छक्कापञ्जा ३ को कथादिपकराजगिरीको हो । संवाद लेखनमादिपकसँगजीतु नेपाल, केदार घिमिरे र यामनश्रेष्ठले सहकार्य गरेकाछन् । फिल्मलाईदशैंमा रिलिजगर्ने निर्माणटिमको घोषणा छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook