गृहपृष्ठ » इटहरी अपडेट » इटहरीका मेयर द्वारिकलाल चौधरीमाथि हाततापत प्रयास

इटहरीका मेयर द्वारिकलाल चौधरीमाथि हाततापत प्रयास

 Posted by Itahari Fm | error | ५९४ पटक

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि दुव्र्यवहार भएको छ । इटहरीको तुलसा टोलबाट आएको टोलीले आज दिउँसो मेयर चौधरीमाथी दुव्र्यवहार गरेको हो । नगरपालिका परिसरभित्रै मेयरलाई बाटो छेकेर ठेलमठेलको अवस्था सृजना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । खेती खोला मिचेर बनाएका संरचना भत्काएपछि वर्षा लागिसक्दा पनि त्यसै छाडेको र वेवास्ता गरेको भन्दै डेलिगेसनका लागि नगरपालिका पुगेका नगरबासीले बाटो छेक्ने प्रयास गरेको नगरपालिकाका कर्मचारीले जानकारी दिए । ‘खोलाको विषयमा आएको टोलीलाई मेयरसाबले चार र पाँच नं. वडाका वडाध्यक्षलाई राखेर छलफल गर्ने सहमति पछि ‘कार्यकक्षबाट बाहिरिएर साँस्कृतिक भवन छेउमा पुगेपछि हाम्रो कुरा नसुन्ने भन्दै आएर केहि व्यत्तिले हाततापतको प्रयास गरेको इन्जिनियर अर्जुन दाहालले जानकारी दिए । टोलवासीले बाटो छेकेपछि केही बेर ठेलमठेल चलेपछि नजिकै रहेको प्रहरी कार्यालयको सानो गेटबाट मेयर चौधरी प्रहरी कार्यालयभित्र छिरेका थिए ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg