गृहपृष्ठ » खेल/मनोरन्जन » आज शुक्रबार बाट ‘डमरुको डण्डीबियो’र ‘भोर’ सिनेमा हलमा

आज शुक्रबार बाट ‘डमरुको डण्डीबियो’र ‘भोर’ सिनेमा हलमा

 Posted by Itahari Fm | error | १३१ पटक

 

आज बाट एक साथ दुई नेपाली चलचित्र प्रदर्सन मा आएका छ् ‘डमरुको डण्डीबियो’र ‘भोर’ दुबै मौलिक कथा बस्तुमा तयार भएका चलचित्र हुन ।

                                                     

लोप भइसकेको खेलको डण्डीबियो को कथा मा तयार भएको ‘डमरुको डण्डीबियो’लाई छेतन गुरुङले निर्देशन गरेका हुन भने अभिनेता खगेन्द्र लामिछाने र निर्देशक छेतन गुरुङले संयुक्तरुपमा कथा लेखेका हुन् । ‘डमरुको डण्डीबियो’मा अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिका रहेको छ्  । चलचित्रमा अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मि पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

                                          

 

‘डमरुको डण्डीबियो’ सगै रिलज भएको चलचित्र हो ‘भोर’ । ‘भोर’ लाई यस् अघी झोला जस्तो सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । तराइमा व्याप्त भइरहेको दाइजो प्रथाको कथा मा तयार भएको चलचित्रमा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पूजा कर्ण लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा कृष्ण धारावसीको रहेको छ । चलचित्र मिडिया फर कल्चरको ब्यानरबाट निर्माण भएको हो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook