गृहपृष्ठ » खेल/मनोरन्जन » इटहरीमा राष्ट्रिय ब्यडमिण्टन प्रतियोगिता हुने

इटहरीमा राष्ट्रिय ब्यडमिण्टन प्रतियोगिता हुने

 Posted by Itahari Fm | error | ४३४ पटक

इटहरीमा राष्ट्रिय स्तरको ब्यडमिण्टन प्रतियोगिता हुने भएको छ । राष्ट्रीय ब्याडमिण्टन संघको आयोजना तथा सुनसरी ब्याडमिण्टन एकेडेमी, इटहरी ब्याडमिण्टन क्लब, सगरमाथा ब्याडमिण्टन क्लब र रक्तमाला ब्याडमिण्टन क्लबको संयुक्त सहआयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको आज इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । यही बैसाख २६ गतेदेखि २९ गते सम्म सन्चालन हुने प्रतियोगितामा बिभिन्न सात वटा इभेण्ट हुने छन । मेन्स सिंगल, मेन्स डबल, ओमेन्स सिंगल, ओमेन्स डबल, अण्डर नाएन्टीन ब्वाइज सिंगल, अण्डर नाएन्टीन गल्र्स सिंगल र भेट्रान्स डबल इभेन्ट हुने प्रतियोगिताका केन्द्रीय संयोजक सुरेस कार्कीले जानकारी दिएका छन् । प्रतियोगितामा मेन्स सिंगल र ओमेन्स सिंगल तर्फ प्रथम हुनेले पचास पचास हजार, दोस्रो हुनेले पच्चिस पच्चिस हजार र तेस्रो हुनेले दश दश हजार पुरस्कार पाउने छन् । यस्तै मेन्स डबल र ओमेन्स डबल तर्फ प्रथम हुनेले बिस बिस हजार दोस्रो हुनेले दश दश हजार र तेस्रो हुनेले पाच पाच हजार पुरस्कार पाउने छन् ।
अण्डर नाएण्टीन ब्वाइज र गल्र्सको सिंगल खेलमा प्रथम हुनेले पन्ध्र पन्ध्र हजार, दोस्रो हुनेले सात सात हजार र तास्रो हुनेले चार चार हजार पुरस्कार पाउने छन भने भेट्रान्स डवल तर्फ प्रथम हुनेले पन्ध्र हजार, दोस्रो हुनेले दश हजार र तेस्रो हुनेले पाच हजार पुरस्कार पाउने छन् । प्रतियोगिता सन्चालन गर्दा जम्मा बाइस लाख अठार हजार खर्च लाग्ने र त्यस मध्ये सात लाख रुपीया राष्ट्रिय खेलकुद परिषदले दीने जानकारी दिइएको छ । इटहरीका केशब बिष्ट राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिब भए पछि इटहरीमा ठुलो पुरस्कार राशी सहीतका राष्ट्रिय खेलकुद प्रतियोगिताहरु भैरहेका छन भने खेलकुद क्षेत्रमा भौतिक संरचनाको बिकासले पनि ठुलो फड्को मारिरहेको छ र इटहरीमा हुने प्रतियोगितामा कम्युनिष्ट नेताहरुको नाम जोड्ने क्रम पनि बढिरहेको छ । बर्षौदेखि इटहरीमा सन्चालीत इटहरी गोल्डकपको नाम फेरेर मदनभण्डारी स्मृति गोल्डकप बनाएर प्रतियोगिता सम्पन्न गरेको केही समय पछिनै ब्याडमिण्टन प्रतियोगिताको नाम पनि पुष्पलालसंग जोडिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




जनकपुरमा मोदी (Live)

Like us on Facebook