गृहपृष्ठ » इटहरी अपडेट » इटहरीमा भैँसी सुन्दरी प्रतियोगिता हुँदै

इटहरीमा भैँसी सुन्दरी प्रतियोगिता हुँदै

 Posted by Itahari Fm | error | २९१ पटक

पशुपालक कृषकहरुलाई प्रोत्साहन गर्न पूर्वमै पहिलो पटक भैँसी सुन्दरी प्रतियोगिता आयोजना गरिने भएको छ । वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले आज इटहरीमाक पत्रकार सम्मेलनको आयोजना गरी भैँसी प्रतियोगिता गर्ने जनाएको हो ।
इटहरी उपमहानगरपालिका २ नम्बर वडाको हवाई चौकमा भैँसी प्रतियोगिता आयोजना गरिने भएकोक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी दिनुभयो ।पशुपालन गर्दै आएका कृषकहरुमा पेशा प्रति वितृष्णा बढ्दै गएको भन्दै कृषकहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

बैशाख २८ गते लाग्ने सिरुवा मेलाको अवसर पारेर भैँसी सुन्दरी प्रतियोगिता गर्न लागिएको हो । भैँसी सुन्दरी प्रतियोगिता सँगै ५ दिने प्रदर्शनी मेला पनि राखिनेछ । प्रतियोगिताा सुनसरी र अन्य जिल्लाका ७० वटाा भन्दा बढि भैँसीहरुलाई सहभागिता गराईनेछ ।प्रतियोगिताका उत्कृष्ठ भैँसीका मालिकलाई ११ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै दोस्रो,तेस्रो र चौथो सुन्दरी भैँसीका मालिकलाई क्रमश ९ हजार ५ हजार र ३ हजार पुरस्कार दिईनेछ ।

प्रर्दशनीमा सहभागी कुनै भैँसी व्याएमा भत्ता स्वरुप नगद ५ हजार समेत दिईने आयोजकले जनाएको छ । प्रदशनीमा ल्याएका सम्पुर्ण भैसीको विमा समेत गरीनेछ ।सुन्दरी प्रतियोगितासँगै आयोजकले गाउँघर बाट हराई सकेका ढिकी , जातो, नाम्लो,गुन्द्री, पिरा, ईनार , डोको, चर्खा, गढी , ओख्ली, ओख्खल लगाएतका सामाग्री प्रदर्शनीमा राखिनेछ । यस्ता सामाग्री विषेश गरी स्कुलका विधार्थी लाई देखाईने वताईएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook