गृहपृष्ठ » इटहरी अपडेट » अबिरलको रक्तदान सम्पन्न

अबिरलको रक्तदान सम्पन्न

 Posted by Itahari Fm | error | ३७ पटक

इटहरीको अबिरल बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा अबिरल बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाको ७ औँ बार्षिकउत्सबको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ प्रिन्ट रगत संकलन भएको सहकारीका अधयक्ष विक्रम घिमिरेले जानकारी दिए ।
सहकारी संस्थाका पदाधिकारी, सदस्य तथा अन्य व्यक्तिहरुले रक्तदान गरेका थिए । संस्थाको प्रत्येक बर्ष बार्षिक उत्सबको अवसरमा आयोजना गर्ने सामाजिक कार्य अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । संस्थाले विगत बर्षमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । पूर्वमा विभिन्न ठुला अस्पतालमा रगतको अभाव हुने गरेका कारण विभिन्न सामाजिक संस्थाहरुले रक्तदान गर्ने गरेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook