गृहपृष्ठ » News » सुनसरीको बराहक्षेत्रमा भीषण आगलागी

सुनसरीको बराहक्षेत्रमा भीषण आगलागी

 Posted by Itahari Fm | error | १०८ पटक

सुनसरीको बराहक्षेत्र नगरपालिकाको इक्राही बस्तीमा भीषण आगलागी भएको छ । स्थानीयका अनुसार आगलागबिाट ६० लाख बढीको क्षति भएको छ ।

शनीबार राती भएको आगलागीबाट बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएका छन् ।

आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् भने दुईवटा चौपाया जलेर मरेका छन् ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले आपतकालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए । बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपतकालीन सबै प्रकारका राहतको आवश्यकता रहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook