गृहपृष्ठ » अर्थतन्त्र, सम्वृद्धि यात्रा » माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर जारी हुँदै ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर जारी हुँदै ।

 Posted by Itahari Fm | error | २३२ पटक

स्वदेशी लगानीमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण शेयर जारी हुँदैछ। आयोजना प्रभावित र सर्वसाधारणका लागि २ अर्ब ६३ करोड ८५ लाख बराबरको शेयर चैतभित्र आउँदैछ । यो यस्तो आयोजना हो जुन नेपाल विद्युत प्राधिकरणले २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सफलतापछि निर्माणको हिम्मत गरेको हो । आयोजना निर्माणमा प्राकृतिक विपत्ति वाहेक अरु विवाद आएन ।
भूकम्पका कारण आयोजना निर्माण तोकिएको भन्दा केही ढिला भएको छ भने बाटो साँघुरो भएका कारण ठूला इलेक्ट्रोमेकानिकल इक्विपमेन्ट लैजान कठिनाई भएको छ । त्यो बाहेक स्थानीय जनताले जलविद्युत निर्माणमा सहयोग गरेका छन् । यो जलविद्युत आयोजना प्रति मेगावाट ११ करोड रुपैयाँमा बन्दैछ । परियोजना निर्माणको काम लगभग ९३ प्रतिशत सकिएको कम्पनीका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।
अहिलेकै गतिमा काम भएमा कम्पनीले २०७५ कात्तिक सम्ममा पहिलो चरणमा विद्युत उत्पादन गर्नेछ । पूर्ण क्षमतामा भने २०७५ चैतसम्ममा संचालनमा आउनेछ । विद्युत केन्द्रीय प्रसारणलाइनमा जोड्नका लागि आवश्यक प्रसारणलाइन निर्माणको काम समेत तीब्र पारिएको छ। खिम्ती प्रसारण लाइनमा विजुली जोड्न कम्पनीले ४७ किलोमिटरको प्रसारण लाइन निर्माण गर्नुपर्छ । अहिलेसम्ममा साढे १३ किलोमिटरको प्रसारण लाइन तयार भइसकेको छ। प्रसारणलाइनको लागि १ सय २७ वटा टावर तयार पार्नुपर्छ । अहिलेसम्म १२० वटा टावर तयार भइसकेको उनले बताए । सुरुवातमा परियोजनाको लागत ३५ अर्ब रुपैयाँमा सक्ने लक्ष्य लिएपनि भूकम्पका कारण १० अर्ब लागत थपिएको छ ।
भूकम्पले परियोजना अवधि लम्बिदा अमेरिकी डलर एप्रिसेसनले मूल्य बढेको हो। परियोजना सुरु गर्दा अमेरिकी डलरको भाउ प्रति डलर ८० रुपैयाँ मात्र थियो। परियोजना निर्माणको लागि आवश्यक पूँजी ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पूँजीबाट जुटाइएको छ। यसको लागि कम्पनीले शेयर पूँजी मध्ये २५ प्रतिशत मात्र निष्काशन गर्न बाँकी छ। यसको लागि कम्पनीले धितोत्र बोर्डबाट अनुमती पाउन बाँकी छ। कम्पनीका अनुसार चैत्रसम्ममा प्राथमिक शेयर निष्काशन गर्ने तयारी थालेको छ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook