गृहपृष्ठ » News, इटहरी अपडेट » पूर्वमा सीआईबीको अप्रेशन ।

पूर्वमा सीआईबीको अप्रेशन ।

 Posted by Itahari Fm | error | २३१ पटक

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वका विभिन्न ठाउँमा अप्रेशन चलाएको छ । नेपाल राष्ट्र बैंक तथा सहकारी विभागबाट अनुमति नलिइ चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने विरुद्ध क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरीको इटहरीस्थित ओपन इन्भेष्टमेन्ट प्रा.लि.का ४० वर्षीय भीमप्रसाद चौधरी, ५० वर्षीय श्याम पेशकार थारु, हलेसी इन्भेष्टमेन्ट प्रा.लि.धरानका ३१ वर्षीय चन्द्रबहादुर विक, २९ वर्षीय अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि.बिराटनगरका २७ वर्षीय राजु शाह, मन्सुन इन्भेष्टमेन्ट प्रा.लि.इटहरीका ३४ वर्षीय सुनिल गुरागाईं, छिन्ताङ इन्भेष्टमेन्ट प्रा.लि.इटहरीका २८ वर्षीय डिल्लीप्रसाद आचार्य र ३५ वर्षीय प्रकाश आचार्य छन् । प्रहरीका अनुसार ओपन इन्भेष्टमेन्टबाट दुई करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेष्टमेन्टबाट ५० लाख रुपैयाँ अवैध रुपमा रकम सङ्कलन भएको छ ।
छिन्ताङ इन्भेष्टमेन्टले भने केही समय अघिबाट मात्रै कारोबार गर्न सुरु गरेको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार बैंक तथा सहकारीको ब्याजभन्दा बढी ब्याज दिने प्रलोभन देखाएर उनीहरुले बचत सङ्कलन गरेका थिए । उक्त बचतलाई २४ प्रतिशतभन्दा बढी ब्याज असुलेर उनीहरुले ऋण प्रवाह गर्दै आएका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook