गृहपृष्ठ » इटहरी अपडेट » युवाहरु मृगौला पिडीतको सहयोगमा सकृय

युवाहरु मृगौला पिडीतको सहयोगमा सकृय

 Posted by Itahari Fm | error | १०६ पटक

राष्ट्रिय जागृती क्लबका फुटबल खेलाडी जिवन चौधरीकी श्रीमती विनिता चौधरी बिगत एक बर्ष देखी मृगौला पिडीत छिन् । उनको दुबै मृगौला फेल भएका छन् । उनको हरेक हप्ता नोवेल मेडिकल कलेजमा डायलासीस भइरहेकोछ । सरकारले उपलब्ध गराएको फ्रि डायलासीसको बारेमा उनलाइ जानकारी नभएर हरेक हप्ता पैसा तिरेरै डायलासीस गराइरहेकी उनको सहयोगमा इटहरीका युवाहरुले आर्थीक सहयोग गर्न थालेकाछन् ।

 

नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य महेश बास्तोला, नेबिसंघ केन्द्रिय उपाध्यक्ष बिकाश केसी, जिल्ला उपाध्यक्ष बुद्धहाङ्ग लिम्बु र इटहरीको युवा संस्था युथ फर सोसल डेभलप्मेन्टले आर्थीक सहयोग गरेकोहो । मृगौला पिडतलाइ आइतबारे चोकमा पत्रकार सम्मेलन गरी २०हजार नगद हस्तान्तरण गरीएको थियो । त्यस्तै द योङ्ग ब्रदर्शका सदस्य स्व. रविन थापाकी माता लक्ष्मि थापालाइ पनि नगद १० हजार हस्तान्तरण गरीयो ।
मृगौला पिडितलाइ केही राहत होस् भन्ने उद्येश्यले रकम दिएको कांग्रेस जिल्ला सदस्य बास्तोलाले बताए । त्यस्तै नेबिसंघ जिल्ला उपसभापतिले रोग बाट ग्रसित हुनेहरुको सेवा गर्नु युवाहरुको दायीत्व हरेकोले सहयोग गरीएको र आगामी दिनमा पनि सहयोग गरीरहेने उनले बताए । भने वाइ.एस.डी का अध्यक्ष मनोज भुजेलले आफ्नो संस्था समाज बिकाश र सामाजिक कार्यको लागी भएकोले यस्तो सहयोग गरीरहने प्रतिबद्धता व्यक्त गरेकाछन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook