गृहपृष्ठ » News » बलत्कार काण्डलाइ लिएर पत्रकार भित्र गन्जागोल

बलत्कार काण्डलाइ लिएर पत्रकार भित्र गन्जागोल

 Posted by Itahari Fm | error | ४४१ पटक

विनय बाह्रकोटी  /

 

इटहरीमा भएको बलत्कार को समाचार र समाचार प्रकाशित भए संगै समाजिक संजालमा आएका अभिव्यक्तिले गर्दा इटहरीका पत्रकार बिभाजित भएकाछन् । गत शनिबार कान्तिपुर दैनिकमा प्रकाशित इटहरीमा पनि बलत्कार गुपचुप शिर्षकको समाचारले इटहरी मा तरंग ल्याएको हो । कान्तिपुर दैनिकका पत्रकार वेदराज पौडेलले उक्त समाचार लेखेका थिए । उनले समाचार मात्र लेखेनन् फेसबुक स्टाटस समेत लेख्न भ्याए । उनले फेसबुकमा समाचारको कटिङ्गको फोटोका साथ प्रहरी र बिचौलियासंगै केहि पत्रकारले पनि भागबण्डा लिएछन् । पैसा कमाउने भए चिया बेच्नुनि बरु चेलिको अस्मिताको पनि रकम लिएछन् मुर्दाहरुले भनेर क्यप्सन लेखे । जसले गर्दा को पत्रकार हो र कसले कति पैसा लियो भनेर सम्पुर्ण पत्रकार ससंकित भएकाछन् । पौडेलको पोस्टमा धेरै पत्रकारहरुले काहो त्यसको नाम सार्वजनिक गर्न आग्रह गरेकाछन् । त्यहि पोस्टमा पत्रकार मिलन बिछोडले प्रहरीले गोप्य राख्ने सर्तमा लेनदेन भएको कमेन्ट गरेकाछन् ।
बिभिन्न संचार माध्यममा आबद्ध पत्रकारले कमेन्ट मार्फत नाम उल्लेख गर्न आग्रह गरेकाछन् । पत्रकार हर्ष सुब्बा, चेतन धमला, हिमाल दाहाल, मिसाइल आलम, धनबहादुर पुरी, सन्तोष यादव, धु्रब ढकाल, राम प्रसाद खरेल लगायत पत्रकार हरुले नाम सर्वजनिक हुनुपर्छ भनेर कमेन्ट गरेकाछन् ।

 

त्यति मात्रै हैन पत्रकार मिलन बिछोड र बिराट अनुपमले लगातार फेसबुक स्टाटस हालेकाछन् । मिलन बिछोडले इटहरीमा भएको बलत्कारको घटना भन्दा बढी खेदजन्य पत्रकारले पैसा लिएर समाचार रोकेको कुरा रहेको र यदि यो साचो हो भने पैसा लिएर पेशा बदनाम गर्ने पशुलाइ हदै सम्म कारबाही गर्नुपर्छ र समाजबाट बहीस्कार गर्नुपर्छ भनेकाछन् । त्यस्तै पत्रकार अनुपमले इटहरी भएको बलत्कारको पैसा खाएर समाचार रोक्ने पत्रकारलाइ सार्वजनिक गर्न भनेकाछन् । तर को पत्रकार भनेर कसैले पनि उल्लेख गर्न सकेका छैनन् ।

 

पत्रकारले पैसाको भरमा बलत्कारको समाचार लुकाएको आरोप लगाउदै गर्दा को पत्रकारहो सार्वजनिक गर्न इटहरीका पत्रकारले कमेन्ट गरेकाछन् । तर कसैले पनि यहि हो भन्न सकेकोछैन ।
को पत्रकार हो ? किन यस्तो अपराधा गर्याे ? भनेर सामाजिक संजाल देखी सार्वजनिक स्थल सम्म बहस हुन थालेपछी पत्रकार महासंघ सुनसरीले पे्रस बिज्ञप्ति निकालेकोछ । प्रहरी र बिचौलिय संग गुपचुप मिलापत्र गरेको बिषय सामाजिक संजालमा आइरहेको हुँदा पत्रकार महासंघको ध्यानआकर्षण भएको बिज्ञप्तिमा उल्लेखछ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले संयुक्त हस्ताक्षर गरेको बिज्ञप्तिमा व्याक्तिगत घटनासंग जोडीएर आएको कुराले समग्र पत्रकारीता जगतलाइ बदनाम गराउने गरी समाजिक संजालमा आएका अभिव्यक्ति प्रति खेद व्यक्त गरीएकोछ । यदी कोही पत्रकार त्यस्तो प्रलोभनमा पर्नगएको भए त्यसलाइ कारबाही गरीने महासंघको बिज्ञप्तिमा उल्लेख गरीएकोछ । यसलाइ पनि कतिपय पत्रकारले पत्रकारको अभिव्यक्ति स्वतन्त्रता माथीकौ अंकुश भनेर टिपणी गर्न थालेकाछन् ।

 

जसको कारण इटहरीका पत्रकारमा बिभाजनको रेखा देखा परेकोछ । एउटा आरोप लगाउने र अर्को आरोप पुष्ठि गर्न लगाउने समुह देखिन्छ । आरोप लगाउनेले प्रमाण पुर्याउन सकेका छैनन् । तर यस्तो कर्तुत सार्वजनिक गर्न व्यापक दबाब सुरुभएकोछ । बिभिन्न क्षेत्र र पेशामा आवद्ध सामाजिक व्यत्तित्वहरुले चासोका साथ टिपणी गर्न थालेकाछन् ।
भोली आरोप प्रमाणीत हुन नकस्दा आरोप लगाउने पत्रकारलाइ कारबाही होला नहोला त्यो दोस्रो कुराहो । तर प्रमाणीत भयो भने पत्रकार जगतको गरीमा माथी कालो धब्बा लाग्नेमा सचेत हुन जरुरीछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg