गृहपृष्ठ » News » पुर्वाञ्चल बिश्वबिद्यालयमा मेडिकल शिक्षा संचालनको हुने

पुर्वाञ्चल बिश्वबिद्यालयमा मेडिकल शिक्षा संचालनको हुने

 Posted by Itahari Fm | error | ३७४ पटक

विनय बाह्रकोटी  /

 

 

पुर्वाञ्चल बिश्वबिद्यालयमा मेडिकल शिक्षा संचालन गर्नको लागी सुन्दरहरैचाका युवाहरुले दबाब दिएकाछन् । पुर्वाञ्चल बिश्वबिद्यालयका उपकुलपतिलाइ ज्ञापन पत्र बुझाउदै चाडोभन्दाचाडो मेडिकल शिक्षा संचालन होस् भनि दबाब दिएकाहुन् । सुन्दरहरैचाका युवाहरुको एक समुहले उपकुलपतिको कार्यलयमा पुगेर ज्ञापन पत्र बुझाएकोहो । ज्ञापन पत्रमा रञ्जन ओझा संयोजक रहेको सरोकार समाजको नाममा बिश्वबिद्यालयलाइ गतिशिल बनाउन आग्रह गरीएको छ ।
पर्याप्त संरचना हुदाहुदै पनि मेडिकल शिक्षा संचालन नभएको र पुर्वाञ्चल बिश्वबिद्यालयको केन्द्रिय कार्यलय बिश्वबिद्यालय भन्दा बाहीर रहेकोले चाडो मेडिकल शिक्षा संचालन भइ केन्द्रिय कार्यलय पनि गोठगाऊँ बाटनै संचालन होस भनि माग गरीएकोछ । अस्थिपञ्जर र मुटु छुट्टा छुट्टै राखेर बलिष्ठ शरिरको कल्पना गर्ननसकिने भएकोले पुर्वाञ्चल बिश्वबिद्यालयको केन्द्रिय कार्यलय गोठगाऊँ नै हुुनुपर्छ ज्ञापन पत्रमा उल्लेख गरीएकोछ ।
समाजले पुर्वाञ्चल बिश्वबिद्यालयको केन्द्रिय कार्यलय बिराटनगर पुगेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै बिश्वबिद्यालयका उपकुलपति घनश्याम लाल दासले आफु यस बिषयमा गम्भिर भएको र चाडै मेडिकल शिक्षा संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकाछन् । उनले भने “मेरो एक्लो पहलले असम्भव देखिएको अध्यनकेन्द्र बनाउने र मेडिकल शिक्षा संचालन गर्ने काम अब तपाइहरुको साथ बाट सम्भब हुन्छ ।”
त्यस्तै ज्ञापन पत्र बुझाउदै सरोकार समाजका संयोजक रन्जन ओझाले बिश्वबिद्यालयको भवन गोठगाउमा हुने र त्यसको प्रशासन अन्यत्रै बाट संचालन हुनुले अस्थिपञ्जर र मुटु बेग्लाबेग्लै राखेर बलिष्ठ शरिरको परिकल्पना गरेजस्तो भएकोले केन्द्रिय कार्यलय गोठगाउँमै सार्नुपर्ने बताए ।

 

शैक्षिक केन्द्रको रुपमा बिकाश गरी शैक्षिक पर्यटन प्रवर्धन गर्नसकीने, पुर्वी नेपालकै गुणस्तरीय अध्ययन बिकाश केन्द्रको रुपमा स्थापित गर्नसकिने, अध्ययन अनुसन्धानको लागी एसीया र युरोपका बिद्यार्थी आकर्षीत गर्न सकीने, एकाइसौ शताब्दि सुहाउदो उद्यमशील युवा उत्पादन गर्नसकीने, सामाजीक चेतनाको बिकाशका साथ दक्षजनशक्ती निर्माण लगायत सर्वव्यापी फाइदाको बिषयमा गम्भिर हुने बेला भएकोछ ज्ञापन पत्रमा भनिएकोछ ।
दबाब कार्यक्रममा सुन्दर हरैचाका ५० जना बिभिन्न क्षेत्रमा आबद्ध युवाहरुको सहभागिता रहेको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg