गृहपृष्ठ » इटहरी अपडेट » इटहरीमा कलाकारको बसन्त उत्सव हुने

इटहरीमा कलाकारको बसन्त उत्सव हुने

 Posted by Itahari Fm | error | ८३ पटक

नेपाली लोककलाको प्रर्वधन र संर्वधन गर्ने उदेश्यले पूर्वाञ्चलव्यापी लोक चित्रकला कार्याशला एबंम वृहत प्रर्दशनी हुने भएको छ । इटहरीमा माघ २२ गते देखी लोकसंस्कृति झल्कने चित्र कला प्रर्दशनी हुने भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको लोककला विभागको आयोजनामा पूर्वमा पहिलो पटक कार्यशाला सहितको प्रर्दशनी आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । इटहरीको कल्चर सेन्टर इटहरी मेट्रिक्समा १ र२ नम्बर प्रदेशका कलाकारहरुले बनाएका लोककला झल्कने पेन्टिगं चित्र राखिने कलाकार विक्रमश्रिले जानकारी दिनुभयो । प्रर्दशनी अघि कलाको क्षेत्रमा विगत लामो समय देखी योगदान पुर्याउँदै आएका कलाकाहरुलाई सम्मान पनि गरिने लोककला विभागका प्रमुख एससी सुमनले जानकारी दिनुभयो । कार्यशाला सहितको कार्यक्रममा लेख बहादुर थापा, पवन कुमार राजवंशी, विक्रमश्रि, अशेष तिम्सिना लगायतका १२ जना कलाकारहरुलाई सम्मान गरिने बताइएको छ । कार्यशालामा ३० जना कलाकारहरुले इटहरी मेट्रिक्समा पूर्वीय संस्कृती झल्कने, पूर्वको जातजाति, धर्म, परम्पराका चित्रहरु तयार गर्नेछन् । चित्रकला प्रर्दशनीमा राख्नका लागि विभिन्न ९० जना कलाकारहरुको १ देखी २ वटा सम्म चित्रकला संकलन भईसकेको छ । कार्यक्रमलाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति राघिनी उपाध्यायले उद्घाटन गर्ने बताइएको छ ।पूर्वका कलाकारहरुको कलाकृतिहरुलाई आमदर्शक माझ पुर्याउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने लोककला विभागका एससी सुमनले बताउनुभयो । लोप हुन लागेको पूर्वीय लोककला, मिथिला, थारु, राजबंशी,राई,लिम्बु मगर लगायतका विभिन्न जातजातीका कला प्रर्दशनीले तिनीहरुको संरक्षणमा पनि महत्व राख्ने सुमनले बताउनुभयो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook