गृहपृष्ठ » इटहरी अपडेट » इटहरीमा फुड फेस्टिभल सुरु

इटहरीमा फुड फेस्टिभल सुरु

 Posted by Itahari Fm | error | ९४ पटक

इटहरीमा पहिलो पटक आयोजना गरिएको फुड फेस्टिभल आजबाट सुरु भएको छ । फेस्टिभललाई उपप्रधानमन्त्रि विजय कुमार गच्छदारले उद्घाटन गर्नुभयो । खाद्यपरिकार मार्फत पूर्व क्षेत्रको पर्यटन प्रवर्धन गर्र्ने उदेश्यका साथ फेस्टिभलको आयोजना गरिएको हो ।
फेस्टिभलमा पूर्वको विशेषता झल्कने जातिय र साँस्कृतिक खानाका परिकारका स्टलहरु राखिएका छन् । यस्तै देश तथा विदेशी स्वादका खानाका परिकारहरु पनि राखिएका छन् ।
फेस्टिभलको उद्घाटन गर्ने उपप्रधानमन्त्रि विजय कुमार गच्छदारले पूर्वको पर्यटन प्रर्वधनमा यस्ता मेला महोत्सवहरु आयोजना गरिनुपर्ने बताउनुभयो । आर्थिक विकासको सम्भावना बोकेको इटहरीमा गरिने कार्यक्रमहरुलाई अझ बढि प्रचार प्रसार गरिनुपर्ने उपप्रधानमिन्त्र गच्छदारले बतायनुभयो ।
फेस्टिभलमा पूर्व क्षेत्रमा आफ्नै विशेषता बोकेको भक्का देखी हुक्का सम्मका परिकारहरु राखिएका छन् । खाद्य परिकारसँगै पूर्व नेपालमा उत्पादन भएका खाद्य परिकारका स्टलहरु पनि राखिएका छन् ।
युथ फर सोसल डेभलपमेन्ट संस्थाले आयोजना गरेको फुड भेस्टिभल ९ दिन सम्म चल्नेछ । भेस्टिभललाई थप आकर्षण दिन दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook