गृहपृष्ठ » News » मुख्य मन्त्रि मै हो, बाकी सब हल्लामात्र हुन् :-घिमिरे

मुख्य मन्त्रि मै हो, बाकी सब हल्लामात्र हुन् :-घिमिरे

 Posted by Itahari Fm | error | १०८ पटक

बिनय बाह्रकोटी \

 

नेकपा एमालेका युवा नेता तथा नवनिर्वा्चित प्रदेश सांसद जिवन घिमिरेले प्रदेश नं १ को मुख्य मन्त्रि आफै बन्ने दाबी गरेकाछन् । प्रदेश नं १ को मुख्य मन्त्रि को बन्ने भन्नेमा ब्यापक बहस सुरुभइरहेको बेला घिमिरेको भनाइ बाहीर आएकोहो । मोरङ्ग क्षेत्र नं ४ ख बाट निर्वा्चित सांसद घिमिरेले मुख्य मन्त्रिमा आफ्नो दाबेदारी प्रस्तुत गरेकाहुन् । इटहरी एफएमको नियमित कार्यक्रम समय बिशेषमा कुराकानी गर्दै घिमिरेले मुख्यमन्त्रिमा आफ्नो दाबी रहेको र हरेक हिसाबमा आफै मुख्य मन्त्रि बन्ने उनको भनाइछ ।

 

माओबादी केन्द्र र नेकपा एमाले बिचमा भागबण्डा हुँदा प्रदेश नं १ को मुख्यमन्त्रि नेकपा एमालेको भागमा परे संगै एमालेका नेता यस बिषयमा थप सकृय भएका हुन् । भोजपुर निर्वाचन क्षेत्र ख बाट निर्वा्चित सांसद शेरधन राई र सुनसरी क्षेत्र नं १ ख बाट निर्वा्चित सांसद तथा पार्टी सचिव भिम आचार्यले पनि मुख्य मन्त्रिको दाबेदारी प्रस्तुत गरीरहेकाछन् । तर घिमिरेले यस बिषयमा पार्टी भित्र पनि कुरा भइसकेको र आफ्नै नाममा सहमति हुन सक्ने सम्भावना रहेको बताएकाछन् ।

 

उनले भने ” भिम आचार्यले पार्टीको राजनिति गर्ने र मुख्यमन्त्रिमा मलाइ सघाउने सहमति भएकोछ त्यसैले प्रतिश्प्रधा मेरो र शेरधन जीको बिचमा हुन्छ ।” सकेसम्म पार्टी भित्रको सहमतिको आधारमा हुने नभए लोकतान्त्रिक प्रकृया अनुसार अगाडी बढ्न पनि आफु तयार रहेको उनको भनाइछ । निर्वाचन भयो भने पनि आफुले अत्याधिक मतले जित्ने उनले दाबि समेत गरेकाछन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg