गृहपृष्ठ » इटहरी अपडेट » सिमा मिचिएको स्थानमा पुगेर युवा लिगले दियो भारतलाइ चेतावनि

सिमा मिचिएको स्थानमा पुगेर युवा लिगले दियो भारतलाइ चेतावनि

 Posted by Itahari Fm | error | ६१ पटक

नेपालको सिमा मिचिएको बिषयमा बिभिन्न बिद्यार्थी संगठन तथा युवा संगठन सकृय भइरहेको बेला नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग र अखिल (क्रान्तिकारी)का नेताहरु भारतले मिचेको ५० विघाभन्दा बढी नेपाली भूमि रहेको सीमास्थल विरगञ्ज महानगरपालिका–१ मा पर्ने छपकैयामा पुगेर भारतीय शासकहरुका विरुद्धमा नाराबाजी गरेका छन् । उनिहरुले छपकैयाको ५० विघा लगायत अहिलेसम्म अतिक्रमण गरिएका सबै नेपाली भूमि फिर्ता गराइछाड्ने उद्घोष गरेका छन् । छपकैयामा सीमा स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटका दरले करिब तीन किलोमिटर दुरीमा ठाउँ–ठाउँमा नेपाली मिचिएको छ । यो बिषयमा गम्भिर अनुसन्धान हुनुपर्ने र तुरुन्त भारतले माफी माग्नुपर्ने उनिहरुको भनाइछ ।

 

नेपालको राष्ट्रिय झण्डा र व्यानरसहित सीमास्थल पुगेका क्रान्तिकारी युवा र बिद्यार्थीहरुले बर्षौदेखि भोगचलन गर्दै आएको जमिन भारतीय भूमिमा परेपछि विरोध गर्दै आएका स्थानीय पीडितहरुसँग भेटघाट कुराकानी समेत गरेका छन् ।

 

भारतीय पक्षको ज्यादतीविरुद्ध नेपाली भूमि रक्षाका लागि स्थानीय पीडितहरुले खुलेरै कुरा गरेका छन् । स्थानीय एक ७८ वर्षे किसान हरिकिसन साहले कुराकानीको क्रममा राज्यको राष्ट्रघाती चरित्रप्रति प्रश्न उठाउँदै “हजारौं वर्षदेखि हामी र हाम्रा पुर्खाले रगत पसिना बगाएको नेपाली भुमी भारतको भन्ने अधिकार नेपाल सरकारलाई कस्ले दियो ?” भनेर प्रश्न गरेको उनिहरुको भनाइछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook