गृहपृष्ठ » इटहरी अपडेट » इटहरी फुड फेस्टिभलको तयारी पुरा

इटहरी फुड फेस्टिभलको तयारी पुरा

 Posted by Itahari Fm | error | ८६ पटक

बिनय बाह्रकोटी  \

यहि माघ १८ गते देखि २६ गते सम्म युथ फर सोसियल डेभलप्मेन्टको आयोजनामा हुन लागेको इटहरी फुड फेस्टिभलको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएकोछ । जनता प्राबिको खेलमैदानमा हुन लागेको फुड फेस्टिभलमा पुर्वी नेपालमा उत्पादित जडिबुटी, खाध्यन्नका परिकार, बिभिन्न कलाको प्रदर्शन गरीने भएकोछ ।
१८ गतेका दिन उपप्रधानमन्त्रि बिजय कुमार गच्छाधार द्धारा कार्यक्रमको उद्धघाटन गरीने आयोजक संस्थाका महासचिव कैलाश रेग्मिले जानकारी दिएकाछन् । उनका अनुसार कार्यक्रम स्थलको तयारी भइरहेको र बाकी व्यवस्थापन पुराभएकोछ । राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतिका साथमा सम्पन्न हुन लागेको फेस्टिभलले इटहरीको पहिचान स्थापित गराउने र इटहरीलाइ राट्रिय स्तरमा परिचित गराउने कार्यक्रम संयोजक दिपक पोखरेलले बताए ।
यस कार्यक्रमको माध्यम बाट पुर्वमा बन्ने खानाका परिकारको बजार बिस्तार हुने र सडक देखि महल सम्मले अपनत्व महसुस गर्ने संस्थाका उपाध्यक्ष प्रमोद भट्टराइले बताएकाछन् । उनका अनुसार फेस्टिभलमा भक्का देखी पिज्जा सम्मको कारोबार हुने भएकोछ । जसका कारण अर्थतन्त्र पनि चलायमान हुने भट्टराइको भनाइछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook