गृहपृष्ठ » इटहरी अपडेट » महिला बचतको रक्तदान कार्यक्रम सम्पन्न

महिला बचतको रक्तदान कार्यक्रम सम्पन्न

 Posted by Itahari Fm | error | ७१ पटक

बिनय बाह्रकोटी \

रक्तदान जिवन दान भन्ने मुलनाराका साथ शनिबार बिहान महिला बचत तथा क्रृण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेकोछ । इटहरी चौकको रेयुकाइ चौतरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी इटहरी साखा संगको समन्वयमा कार्यक्रम सम्पन्न भएको उक्त संस्थाका व्यवस्थापक पुस्कर बस्नेतले जानकारी दिए ।
बिगतका बर्षहरुमा झै यसपटक पनि महिला बचतले कार्यक्रम आयोजना गरेको बस्नेतको भनाइछ । उक्त कार्यक्रममा १०८ प्रिन्ट ब्लड संकलन भएको र जसमध्ये दुईतिहाइ पुरुष रक्तदाता रहेको उनले जानकारी दिए । आगामी दिनहरुमा पनि समाजमा देखिएका समस्यालाइ सम्बोधन गर्नको निम्ति यस्तै समाजिक गतिबिधि गर्दै जाने बस्नेतको भनाइछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook