गृहपृष्ठ » इटहरी अपडेट » इटहरी उद्योग बाणिज्य संघको साधारणसभा सम्पन्न

इटहरी उद्योग बाणिज्य संघको साधारणसभा सम्पन्न

 Posted by Itahari Fm | error | ९६ पटक

विनय बाह्रकोटी  \
इटहरी उद्योग बाणिज्य संघको १९औ साधारण सभा सम्पन्न भएकोछ । उद्योग बाणिज्य संघ इटहरीको भवनमा एक कार्यक्रमका माझ साधारणसभा सम्पन्न भएकोहो । बिगतका बर्षहरुमा भाडाको हलमा कार्यक्रम गर्दै आएको संघले यसपाली आफ्नै भवनमा कार्यक्रम आयोजना गर्ने सौभाग्य प्राप्त गरेकोछ । उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय अध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका बिशिष्ट व्यात्तित्वको सहभागिता रहेको थियो ।
उद्योग बाणिज्यसंघ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेश बिष्टको संयोजकत्वमा आयोजित कार्यक्रममा बदलीदो राजनैतिक संरचना र त्यसले व्यापार व्यवसायमा पर्ने प्रभावको बिषयमा बहस भएको थियो । कार्यक्रममा बोल्दै महासंघका पुर्व केन्द्रिय अध्यक्ष ढकालले उद्यागी र व्यापारीले आफ्नो व्यवसाय मात्र हैन समग्रदशको बारेमा सोच्नुपर्ने बताए । उनले उद्योग व्यापारको माध्यम बाट देशले आर्थीक समृद्धी हासीलगर्ने भन्दै बिकाश र परीवर्तनको लागी राजनैतिक दल पनि प्रतिबद्धहुनुपर्ने धारण राखेका थिए । त्यस्तै महासंघ केन्द्रिय सदस्य रोहित प्रसाइले घर बहालकरको बिषयमा स्पस्ट निति अबलम्बन गर्नु पर्ने साथै उद्यागी व्यापारीको सुरक्षा को बिषयमा राज्य संवेदनशिल बन्नु पर्ने बताए । भारत संगको व्यापारीक संम्बन्ध एकलौटी र राजस्वको बिषयमा अस्पष्ट निति भएकोले इटहरी जस्तो ट्रेड सिटीको लागी समस्या भएको उनको भनाइथियो ।
सोहि कार्यक्रममा बोल्दै प्रदेश सांसद सर्वध्वज सावाले उद्योग बाणिज्य संघ आसन र भासणको संघ नभएर चिया व्यापारी देखी जुत्ता सिलाउने सम्मको प्रतिनिधि संस्था हुनसक्नु पर्ने बताए । सल्लाहकार सदस्य समेत रहेका साँवाले इटहरीलाइ उद्योग व्यापारको क्षेत्र बाट परिचित गराउन स्वयम उद्यागी व्यापारी इमान्दार बन्नुपर्ने स्पस्ट पारे । त्यस्तै प्रतिनिधिसभा सांसद सिताराम मेहेताले राजनैतिक संघर्षको कार्यक्रम सकिएकोले राज्य र सरकारको ध्यान आर्थीक क्रान्तिमा केन्द्रित भएको बताए । उनले भने अब जनताको सपना साकार पर्ने स्थिर सरकार आउने र त्यसले उद्योगी व्यापारी संग मिलेर आर्थीक समृद्धीको नयाँ कोर्ष सुरुगर्छ ।
कार्यक्रमका सभापति एवं प्रदेश सांसद लिलम बस्नेतले आफुले उद्यागी व्यापारीको समस्या बुझेकोले प्रदेश सरकार बाट ति समस्याको दिर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकाथिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook