गृहपृष्ठ » News » एउटै भवनमा दुई वडाकार्यलय

एउटै भवनमा दुई वडाकार्यलय

 Posted by Itahari Fm | error | १२७ पटक

विनय बाह्रकोटी  /
घर घरमा सिंहदरबारको नारा लिएर सम्पन्न भएको स्थानियतहको निर्वाचन बाट जनताले सोचेजस्तो सिंहदरबार पाउन सकेका छैनन् । इटहरी उपमहानगरपालीका वडा नं १५ का स्थानिय बासिन्दा वडा नं १६ मा आएर वडा कार्यलयको सेवा लिइरहेकाछन् । वडा नं १५ मा सुबिधा सम्पन्न भवन नभएको कारण वडा नं १६ कै भवनमा आएर वडा कार्यलय संचालन गर्नुपर्ने बाध्यता रहेको १५ नं वडाका वडाध्यक्ष श्रवण कुमार चौधरीले बताए । उनले भने “वडा नं १५ अत्यन्तै बिकट र असुरक्षीत छ । त्यसैले एकै स्थान बाट सेवा दिइरहेका छौ । ”

इटहरी उपमहानगरपालीका स्थित लबिपुर चौक बाट करीब ५ किलोमिटरको दुरीमा पर्ने सबिकको एकम्बा गाबिसको उब्दि भन्ने स्थानमा स्थानिय हुलाक कार्यलय बाट दुईवटै वडा कार्यलय संचालन भइरहेकाछन् । दुवै वडा लाइ पायक पर्ने स्थानमा वडा कार्यलय राख्नुपर्ने भएकोले उक्त स्थान उपर्युक्त भएको १६ वडाका वडाध्यक्ष दिप नारायण चौधरीको भनाइछ । जसको कारण दुवै वडाका स्थानियलाइ समस्या भइरहेकोछ । १५ वाडका स्थानिय युवा वसन्त चौधरी बाटो पनि राम्रो नभएको र आफ्नो वडामा कार्यलयपनि नभएको प्रति दुुख ब्यक्त गर्छन् । उनि भन्छन् “पहिला र अहिलेमा कुनै भिन्नता भएको छैन, पहिला एक ठाउँमा जादा काम बन्थ्यो अहिले वडा कार्यलय गएर पनि नगरपालिका नगइ हुदैन ।” यता वडा नं १६ का स्थानियलाइ पनि धेरै भित्र वडा कार्यलय रहेकोले समस्या परेको लविपुरका स्थानिय केशव भट्टराइले बताउछन् ।

ओभरसियरले  हल्लाए वडाध्यक्ष लाइ

वडा नं १५ को वडा कार्यलय वडा नं १६ मा मात्र छैन । एउटै कोठामा साघुरीएर कार्यलय संचालन गर्नुपर्ने बाध्यात्मक अवस्थापनिछ । नगरपालिकाको ओभरसियरले कार्यलय मर्मतको लागि स्टिमेट तयार नपार्दा समस्या आएको वडा सचिव गोपाल चौधरीले बताए । उनका अनुसार ओभरसियर लाइ बारम्बार बोलाउदा समेत आउनदैनन् । हामी आफैले मर्मतको काम गरीसकेको हुँदा यसको भरापाइ नगरपालिका बाटै हुन्छ त्यसको लागी ओभरसियरले स्टिमेट तयार परिदिनुपर्छ तर वडाध्यक्षलाइ ओभरसियरलेनै टेदैनन् चौधरीले भने । यता नगरपालिकाले हरेक वडामा त्यस्तै समस्या भएको र सिमित कर्मचारी भएका कारण यस्तो समस्या भएको बताउदै आएकोछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg