गृहपृष्ठ » अर्थतन्त्र » रोयल अटो तेस्रो बर्षमा

रोयल अटो तेस्रो बर्षमा

 Posted by Itahari Fm | error | ३५ पटक

हुुण्डाइ गाडीको बिक्रेता रोयल अटो वल्र्ड इटहरीले दुुइ वर्षमा ४ सय २१ ओटा गाडि बेचेको जनाएको छ । रोयल अटोले दोस्रो वर्ष पुरा गरेको अवसरमा आयोजना गरेको कार्यक्रममा यो जानकारी गराएको हो । कार्यक्रममा अटो वल्र्डका सँचालक संन्जोग पराजुलीले विराटनगरमा मात्र रहेको कम्पनीको आधिकारिक सर्भिस सेन्टरलाइ इटहरीमा समेत विस्तार गरिने जानकारी दिए । कम्पनीका प्रमुख भिम पौडेलले होण्डाइ कम्पनीका गाडिप्रति ग्राहकको आकर्षण बढ्दो अवस्थामा रहेको बताए । ‘विक्रि शुरु गरेको दुुइ वर्षमा हामीले राम्रो व्यापार गर्न सफल भयौँ, यो सबै कम्पनीप्रति ग्राहकको विश्वास बढेकाले नै हो ।’ उनले भने । कम्पनीले आजै लक्कि ड्र मार्फत २० जना भाग्यसालि ग्राहकलाइ दुुइ पटक सर्भिस सेवा निःशुल्क उपलब्ध गराएको जानकारी दिएको छ । कार्यक्रममा आएका अतिथिको हातबाट चिठ्ठा तान्न लगाइ बीस ग्राहकलाइ उक्त सेवा प्रदान गरिएको घोषणा गरिएको शेल्स कन्सल्ट्यान्ट रजनी पोख्रेलले जानकारी दिइन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook