गृहपृष्ठ » News » सम्भावित राजधानी बासीको माग, खालीपेट सित ओडेर सुत्ननपरोस

सम्भावित राजधानी बासीको माग, खालीपेट सित ओडेर सुत्ननपरोस

 Posted by Itahari Fm | error | ३११ पटक

विनय बाह्रकोटी \ 

 

इटहरी उपमहानगरपालिका वडा नं १० बरगाछीका पर्वुराम घिमिरे भर्खरै ९१ बर्ष पुरा भएर ९२ लागेकाछन् । गत श्रावण २७ गते राती आएको बाढीले घरबार बगाएपछी उनि अहिले पालमुनि जिविको चलाइरहेकाछन् । बर्खाको मौसममा मुसल्धारे पानी चुहीने पालबाट आजकल सित चुहीन थालेकोछ । कहिले कता कहिले कता बाट चुहीने सित संग तर्कीदा तर्कीदै उनको रात बित्छ ।

शिवनारायण टोलकी रिना रायको अवस्था पनि त्यस्तैछ । २ बर्षीया बच्चाकी आमा रिना जाडो सुरुभएदेखी सुत्न सकेकी छैनन् । रातभरी पालबाट सित खस्छ । भएभरको कपडा नानीलाइ ओडाउनुपर्ने र घरका अरु सदस्य आगोको भरमा रात काटीरहेकाछन् । खोलाको किनारमा पालमुनिको बास भएकोले रातभर सिरेटोले लगलग कमाउछ । त्यस्तै देव याक्खाको पनि दशा उस्तैछ । गुजारा चलाउन अरुको घरबनाउने काम गर्नुपर्ने बाध्यता छ । जसले गर्दा उनले आफ्नो पनि घर बनाउन भ्याइरहेकाछैनन् ।

 

बाढी पिडितले जाडोमा पालमुनिको जिवन बिताइरहेकाछन् । पछिल्लो समय तराइमा बढेको सित लहरले गरीब तथा बिपन्न समुदायमा त्यसको नराम्ररी प्रभाव पारेकोछ । इटहरीका धेरै बाढी पिडितको दैनिक गुजार सकसपुर्ण बन्दै गएकोछ । बिहान के खाने साझ के खाने भन्ने अवस्थामा छन् पिडितहरु । इटहरी उपमहानगरपालिकाले जस्तापाता उपलब्ध गराउने बाचा गरेपनि अझैसम्म बाढी पिडितले जस्ता पाता त परै जाओस् मेयर उपमेयर समेत राम्ररी चिन्न सकेकाछैनन् ।

इटहरीलाइ प्रदेश नं १ को राजधानी बनाउने बिषय पेचिलो बन्दैजादा इटहरीका बाढी पिडित यस बिषयमा अनभिज्ञछन् । इटहरीबासीको सरोकारको बिषय मानिएको राजधानीको लागी इटहरीबासी आफै जानकार छैनन् । बरगाछीका रमेश भुजेल राजनधानी भनेको काठमाण्डौ हो, अरु प्रदेश भनेको केहो थाहा नभएको बताउछन् । प्रदेशको राजधानी भन्दा पनि आफ्नो समस्या ठुलो भएको पिडितको भनाइछ ।

 

शिवनारायण टोलका बलाराम राइ सरकारले इटहरीलाइ राजधानी बनाउने भन्दापनि बाढी पिडितको घर बनाइदिए राम्रो हुने बताउछन् । उनि भन्छन् “हिजो भोट माग्ने बेलामा तपाइहरुलाइ कुनै समस्या पर्न दिदैनौ भने तर आज नाकमुख देख्न पाइन्न ।” इटहरी उपमहानगरपालिका भएपनि रेडीयो, टिभिको पहुच नभएको यस क्षेत्रमा राजधानीको कुनै गुन्जायस पाइन्दैन । अन्जु झा लाइ राजधानी भनेको नै थाहाँ छैन । उनि भन्छिन् “कहिले भोकले कहिले सितले सुत्त पाइन्दैन रेडियो टिभि केही पनि नभएका कारण यो सब केही थाहा छैन ।”

 

इटहरीका मेयर द्धवारीकलाल चोधरीको संयोजकत्वमा राजधानी सरोकार समाज गठन भएकोछ । यो समाजले इटहरीलाइ राजधानी बनाउने सम्भाव्यताको अध्ययन समेत गर्यो । अध्ययन प्रतिबेदन प्रधानमन्त्रि तथा पुर्वप्रधानमन्त्रि समक्ष पुर्यायो । तर सम्भावित राजधानीबासी नै राजधानीको राजनितिबाट अनभिज्ञ छन् । दैनिक गुजारा चलाउने र रातमा बालबालीका लाइ कसरी बचाउने भन्ने ध्याउन्नमा लागेका बाढी पिडित इटहरीलाइ राजधानी बनाउनु भन्दा राजधानीको लागी आवश्यक जग्गामा आफु पुनस्र्थापीत हुन चाहान्छन् ।

 

राजधानीको लागी पर्याप्त पुर्वाधार भएको बताएपनि । यति लामो समय बितिसक्दा बाढी पिडितको अवस्था जस्ताको त्यस्तैछ । पर्याप्त सार्वजनिक जग्गा भएको इटहरी उपमहानगरपालिकाले बाढी पिडितलाइ पुनस्र्थापना गर्न सकेकोछैन । त्यस बिषयमा कुनै जनप्रतिनिधि पनि गम्भिर भएको पाइन्दैन । मेयरले राजधानीलाइ चाइदो जग्गा दिने बताए पनि बाढी पिडितलाइ व्यवस्थापन गर्न सकेकाछैनन् । भोलीको सम्भावित राजधानी बासी भोकै र नाङ्गै हुदै गर्दा इटहरी राजधानी भयो भने राजधानीको हैसियत के होला भन्ने बिषयमा बेलैमा सोच्न जरुरीछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg