गृहपृष्ठ » इटहरी अपडेट » प्याब्सन सुनसरी द्धवारा स्विटर बितरण

प्याब्सन सुनसरी द्धवारा स्विटर बितरण

 Posted by Itahari Fm | error | ३१२ पटक

 

निजि तथा आवसीय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीले स्विटर बितरण गरेकोछ । सुनसरीका बिभिन्न सर्वजनिक बिद्यालय र गरीब तथा बिपन्न समुदाय बसोबार गर्ने टोलमा प्याब्सनले स्विटर बितरण गरेकोहो । प्याब्सनको २८ औं स्थापना दिवस तथा प्याब्सनका पुर्व केन्द्रिय अध्यक्ष स्व. डा. बाबुराम पोखरेलको सम्झनामा स्विटर बितरण गरीएको प्याब्सन सुनसरी अध्यक्ष सुमित थापाले बताए ।

 

इनरुवा नगरपालीका स्थित रेडक्रस प्रा.विमा ३०० वटा स्विटर बितरण गरीएको थापाले जानकारी दिए । त्यस्तै रामधुनी नगरपालीका शिवनारायण टोलमा १५०, भोक्राहा गाउँपालीका जामीया स्लामीया मदरसामा ५० र इटहरी उपमहानगरपालीका वाड नं ३ स्थित सिंहदेवी प्रावीमा ५० वटा स्विटर बितरण गरीएको उनको भनाइछ । समग्रमा सार्वजनिक बिद्यालय अध्ययन गर्ने बालबालीका कम आयस्तरका हुने भएकोले लत्ताकपडा नपाएर जाडो बाट प्रभावित हुने भएकोले स्विटर बितरण गरीएको थापाको भनाइ छ । उनले भने “भोलीका दिनमा अझ बढी सेवाको भावले कुनै बालबालीकालाइ पनि शिक्षा र पोसाक बिहिन बन्न दिइनेछैन । ”


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg