गृहपृष्ठ » News, इटहरी अपडेट » दुवै मृगौला फेल भएका कृष्णलाई सहयोगको खाँचो

दुवै मृगौला फेल भएका कृष्णलाई सहयोगको खाँचो

 Posted by Itahari Fm | error | २९२ पटक

दुवै मृगौला फेल भएपछि आर्थिक अभावमा उपचार गर्न नसकि घरमै थला पर्दैआएका मोरगं इटहराका कृष्ण खड्कालाई सहयोग जुट्न थालेको छ । शनिबार कृष्णसँगै पढेका साथीहरु मार्फत संलकन गरिएको रकम उनको परिवारलाई हस्तान्तरण गरियो । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्दाका साथीहरुले संलकन गरेको १ लाख ५१ हजार रकम उनको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।
इटहरा स्थित राजघाट घर भएका कृष्ण दुवै मृगौलाले काम गर्न छाडे पछि थप उपचार गर्न नसकि घरमै बस्दै आएका थिए । बाँच्नका लागि मृत्युसँग संघर्ष गर्दै आएका कृष्ण शनिबार साथीहरुले हौसला बढाउँदै उपचारका लागि सहयोग दिँदा खुसी देखिए । सहयोग रकम सहित घरमै पुगेका १२ जना साथीहरुसँग कुराकानी गर्दै बाँच्नका लागि आशा पलाएको बताए ।
घरको आर्थिक अवस्था सुधार हुने आशाले विदेश कतार गएका कृष्णले उतै पुगेपछि मात्र रोगबारे थाहा पाए । ढाड दुख्ने समस्या भएपछि चेक गराउँदा दुवै मृगौला फेल भएको पत्ता लागेको थियो ।
रोजगारीका लागि कतार गएको छोटो समयमै दुवै मृगौला फेल भएपछि काम गर्न नसक्ने भन्दै कम्पनीले पहिलो डाईलासिस गरी नेपाल पठाई दिएको थियो । नेपाल आएपछि काठमाण्डौमा चेकजाँच गराएका कृष्णलाई डाक्टरले मृगौला प्रत्यारोपण गर्न सल्लाहा दिए । घरको आर्थिक अवस्था सुधार्न भन्दै कतार गएका कृष्णसँग मृगौला प्रत्योरोपण गर्न पैसा थिएन । कमाउन गएको मान्छे आफै थलिएपछि प्रत्यारोपण गर्ने रकमको अभावमा बाँच्नका लागि कृष्णले डाईलासिस गर्दै आएका छन् । प्रत्यारोपण गर्न नसक्दा कृष्णका लागि डाईलासिस मात्रै विकल्प बनेको छ । विराटनगरमा रहेको नेसनल किड्नी सेन्टरमा कृष्णले हप्तामा २ पटक डाईलासिस गर्दै आएका छन् । हाल सम्म उनको ४३ औँ पटक डाईलासिस भईसकेको छ ।
कमजोर आर्थिक अवस्थाका कारण प्रत्यारोपण गर्न पहलनै गर्न नसकेको कृष्णले बताए । घरको कमाउने व्यक्तिनै विरामी भएर थलिए पछि घर चलाउनै समस्या भएको कृष्णका बुवा सोभितमान खड्काले बताए । उनले भने म बुढो भएँ काम गर्न सक्ने अवस्था छैन, कमाउने छोरा नै विरामी भएर थलिएपछि उसको उपचार गर्न समस्या भएको छ ।
मृगौला प्रत्यारोपण गर्न धेरै खर्च लाग्छ हामीसँग पैसा छैन कसरी उपचार गराउने कृष्णकी आमा मनमायाले भनिन्, कतैबाट सहयोग पाए छोरालाई बचाउन सकिन्थ्यो कि ? उनले छोरालाई बचाईदिन अपिल गरिन् ।
हाल सम्मकै उपचारमा धेरै खर्च भईसकेको छ । कमजोर आर्थिक स्थिती भएको खड्का परिवारले थप उपचारका लागि चाहिने लाखौँ रकम जोहो गर्ने अवस्था छैन । पैसा नभएकै कारण बाँच्न संघर्ष गर्दै आएका कृष्ण हप्तामा २ पटक सम्म डाईलासिस गर्दै आएका छन् । आर्थिक सहयोग पाए आफुले नयाँ जिवन पाउने कृष्णको आशा छ । जिवन बचाईदिन उनले अपिल पनि गरे ।
दुवै मृगौला फेल भएर गम्भिर अवस्थामा पुगेका कृष्ण घरमै बसेको फेसबुक मार्फत थाहा पाएका उनका साथीहरुले उपचारलाई सहयोग हुने भन्दै सहयोग संलकन गरेका थिए । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका कृष्णका व्याजी साथीहरुले अलि अलि संकलन गरेको रकम शनिबार हस्तान्तरण गरेका थिए ।
सँगै पढेको साथी दुवै मृगौला फेल भएर गम्भिर भएको थाहा पाएपछि साथीहरु वीच केही पैसा संकलन गरी हस्तान्तरण गरेको कृष्णका साथी निराजन ओझाले जानकारी दिए । पैसा नभएकै कारण उपचारमा समस्या भएको देखिए पछि केही राहत मिलोस भनेर रकम हस्तान्तरण गरेको उनले बताए ।
कृष्णलाई बचाउन कृष्ण खड्का बचाउ अभियान फेसबुक मार्फत सुरु गरेको अर्का साथी अरुण राईले जानकारी दिए । उहाँको मृगौला प्रत्यारोपण गर्न रकम संकलनका लागि सार्वजनिक अपिल पनि गरिएको राईले बताए । रकम संकलनका लागि कृष्णकै नाममा बैंक खाता खोल्ने तयारी भईरहेको पनि राईले जानकारी दिए । सबैले सहयोग गरे, एउटा युवालाई बचाउँन सकिने राई बताउँछन् । सहयोगको हात बढाउन उनले सबैलाई आग्रह पनि गरे ।
अहिले भने कृष्णका साथीहरुले आर्थिक संकलनको पहल गर्दै आएका छन् । कृष्णलाई सहयोग गर्नका लागि डिल्ली आचार्य ९८५२०५४४३१ र अरुण राई ९८५२०५४२२३ मा फोन गरी सहयोग गर्न सकिनेछ । हाल संकलन भएको रकम बैंक खाता खोली जम्मा गरिने बताइएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg