गृहपृष्ठ » इटहरी अपडेट » प्रगतिशिल प्राध्यापक संघ द्धवारा डस्विन प्रदान

प्रगतिशिल प्राध्यापक संघ द्धवारा डस्विन प्रदान

 Posted by Itahari Fm | error | १७४ पटक

 

इटहरी स्थित जनता बहुमुखी क्याम्पस प्रगतिशिल प्राध्यापक संघ इकाइ समितिले क्याम्पसलाइ आवश्यक डस्विन पदान गरेकोछ । संघले क्याम्पस भित्र एक औपचारीक कार्यक्रमको आयोजना गरी उक्त डस्विन प्रदान गरेकोहो । क्यम्पसको बैठक हलमा आयोजित कार्यक्रममा प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष बद्रि ढुङ्गेलले सहायक क्यम्पस प्रमुख गिता अधिकारीलाइ ५० वटा डस्विन हस्तान्तरण गर्नुभएकोहो ।

क्यम्पसको वातावरणलाई श्वच्छ बनाइ शैक्षिक क्षेत्रमा सुन्दरता भर्न र अध्ययन अध्यापनको रचनात्मक वातावरण सृजना गर्न डस्विन प्रदान गरेको प्रगतिशिल प्राध्यापक संघ जनताबहुमुखी क्याम्पसका अध्यक्ष बद्रि ढुङ्गेलले बताउनुभयो ।

क्याम्पस सबैको साझा सम्पती भएकोले यसको जगेर्ना र बिकाशमा सबै संयन्त्रको बराबर भुमीका हुने भएकोले एक सानो पहल स्वरुप डस्विन प्रदान गरेको अध्यक्ष ढुङ्गेलको भनाइछ । उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख गिता अधिकारी र प्रजातान्त्रिक प्राध्यापक संघका सभापति युवाराज सिटौलाले बोल्नु भएको थियो । सहायक क्यम्पस प्रमुख अधिकारीले क्याम्पसलाइ गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नु भयो । भने क्याम्पस भित्रको भौतिक र अभौतिक फोहोर व्यवस्थापनमा यस्ता डस्विनहरु प्रभावकारी बन्नु पर्ने प्रजातान्त्रिक प्राध्यापक संघ सभापति सिटौलाको भनाइछ । कार्यक्रममा प्रा.डा. टंक प्रसाद न्यौपाने, क्याम्पसमा अध्ययापनरत प्राध्यापक, बिभिन्न बिद्यार्थी संगठनका पदाधिकारीहरु उपस्थित भएका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg