गृहपृष्ठ » इटहरी अपडेट, खेल/मनोरन्जन » अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट हुँदै

अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट हुँदै

 Posted by Itahari Fm | error | १३५ पटक

दोस्रो अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आगामी पुस २८ गतेबाट सुरु हुने भएको छ । इटहरी क्रिकेट एकेडेमीले आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालका विभिन्न ५ शहरका टिम र आयोजक इटहरी क्रिकेट एकेडेमी सहित ६ वटा टिमको सहभागिता हुनेछ ।
इटहरी ९ स्थित डि भि एम ग्लोबल स्कुलको खेलमैदानमा आयोजना हुने प्रतियोगिता लिग कम नकआउट आधारमा टि २० फर्मेटमा खेलाईनेछ । प्रतियोगिताले पूर्वबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने आशा गरिएको इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैशाल विष्टले जानकारी दिए । नयाँ खेलाडीलाई आफ्नो खेल देखाउने राम्रो मौका हुने विष्टले बताए ।
प्रतियोगिताको विजेताले १ लाख नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने छ । यस्तै उपविजेता टिमले ५० हजार नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले ५ हजार नगद सहित एउटा जिओनी मोबाईल प्राप्त गर्नेछ । यस्तै बेष्ट ब्याट्समेन र बलरले पनि नगद ५ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद, इटहरी उपमहानगरपालिका लगायतका संघसंस्थाले सहयोग गरेको आयोजकले जनाएको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg