गृहपृष्ठ » News » इटहरीको एक गर्वीर्लो इतिहास

इटहरीको एक गर्वीर्लो इतिहास

 Posted by Itahari Fm | error | ५५३ पटक

 

बिनय बाह्रकोटी \

इटहरीलाइ कस्तो सहर बनाउने भन्ने बारेमा व्यापक बहस सुरुभएको छ । स्मार्ट सिटि, ग्रिन सिटि, टे«ड सिटि लगायत बिभिन्न नाम बाट इटहरीलाइ ऐतिहासीक बनाउने प्रयास भइरहेकोछ । बिभिन्न राजनैतिक दल र सामाजिक संस्थाहरु त्यसको अपनत्व लिन लागीपरीरहेकाछन् । इटहरी कुनै न कुनै हिसाबमा ऐतिहासीक सहर त बन्ला । तर इतिहासलाइ बिर्सेर कुनै सहर जिबन्त हुन सक्दैन । हरेक व्यात्ति वा स्थानको आ–आफ्नै इतिहास हुन्छ । तर त्यसलाइ जिबन्तता दिनको लागी भाबि सन्ततिको भुमिका मुल्यवान रहन्छ ।

हुनत इटहरी आफैमा इतिहास बोकेको शहरहो । जुन आज सम्म पनि गौरवयोग्यछ । यसको इतिहासमा गर्व गर्नेले इतिहास निर्माताको बारेमा पनि गर्वगर्न सक्नुपर्दछ । त्यही गर्वीलो इतिहासको प्रमाण हुन रामकुमार सुब्बा । उनले इटहरीलाइ देखे, भोगे र बनाए । इटहरीको हरेक संरचनाको निर्माण मा उनको पसिना सिंचित छ । २००७ सालमा ताप्लेजुङ्गको थेचम्पुमा जन्मिएका सुब्बा २०१३ सालमा इटहरी आएका हुन् । त्यसबेला इटहरी अत्यन्तै कष्टकर थियो । सरकारले अपराधी घोषित गरेका व्याक्तिलाइ सजाय स्वरुप तराइमा बसाइ सार्ने गरिन्थ्यो । औलो र स्मालफक्सको प्रकोपले पुरै तराइ आतंकित थियो । तराइमा बसोबास गर्न त परैको कुरा टेक्नलाइ पनि सकिन्दैन थियो त्यो बेला । एकदमै जंगला मुलुक । सुब्बाले भन्छन् “मैले आफै पनि धेरैपटक बेन्गल टाइगरले गाइ भैसी कुकुर लगेको देखेको छु । अहिले इटहरीको अवस्था लाइ हेर्दा पत्याउन नसक्ने भएकोछ ।”
“अहिले इटहरी चौक भएको ठाँउमा घना जंगल थियो चैत बैसाखमा धेरै पटक डढेलो जान्थ्यो कतिपटक स्याउला लिएर डढेलो निभाउन पनि गइयो ”सुब्बा सम्झन्छन् । पहाडमा कुनै बिकल्प नभएका हरु त्यसबेला तराइ झर्ने गर्थे । तराइमा बसोबास गर्नेलाइ तल्लो तहको मान्ने गरीन्थ्यो । थोरै गरीब परीवार भन्नेहरु मात्र इटहरी बसोबास गर्थे । जसको पहाडमा जमिन थिएन । पहाडमा बिभिन्न हिसाबमा पिडित भएका हरु तराइ झर्ने गर्थे तिनिहरुनै यहा जंगल फडानि गरेर बसोबास गर्ने गर्थे त्यसबेला ।
“जसरी सहरीकृत इटहरीछ यस्तो इटहरी बन्छ भन्ने कसैले कल्पनै गर्न सक्दैन थियो । जिबन र गुजार चलाउननै अत्यन्तै कष्टकर अवस्था थियो त्योबेला । अहिले त स्वर्ग भएकोछ ” इटहरी सुब्बा भन्छन् ।

इटहरीको समग्र बिकाश प्रति प्रत्यक्ष जोडीएकाछन् सुब्बा । उनि भन्छन् “बिकाश निर्माणकै हिसाबमा हेर्नेहो भने त्योबेला धेरै असहज स्थिती थियो तर जनतालाई जागरुक बनाएर श्रमदानको भरमा बिकाश हुन्थ्यो । अहिले जस्तो मेसीन हुने भए कायापलट हुन्थ्यो जस्तो लाग्छ ।” बिगत स्मरण गर्दै उनले भने “अहिले जनता प्राबिको खेलमैदान जुन छ त्यो मेरो कामको मुल्याङ्गकन गरेर प्रोत्साहन स्वरुप तत्कालीन जिम्दार कमलकुमारीले मलाइ उपहार दिएकि हुन् ।” २०३५ सालमा २८ बर्षकै उमेरमा पहिलो पटक निर्वीरोध प्रधान पञ्च भएका सुब्बा तिनपटक सम्म प्रधान पञ्चको नेतृत्व गर्ने ऐतिहासीक पात्रहुन् । उनले तराइ क्षेत्रमै पहिलो पटक ढुङ्गगे घर निर्माण कार्य सुरुगरेका हुन् । हाल इटहरी उपमहानगरपालिका कार्यलयको भवन सुब्बाकै पालामा निर्माण भएकोहो । नगरपालिका कार्यलयको पोखरी बिचको घरपनि उनकै रचनाहो । जुन अहिले इटहरी उपमहानगरपालीकाको पहीचान जस्तै भएकोछ ।
बेरोजगारी समस्या तत्कालीन अवस्थादेखीनै थियो । सुब्बालाई बेरोजगारी समस्याको दिर्घकालीन समाधान गर्नुपर्ने जिम्वेवारी महसुस भयो । त्योबेला घर बनाउन मुजफर, दरभंगा, युपि, बिहार बाट डकर्मी बोलाउनुपथ्र्यो । कतै इटाको कतै काठको घर बनाउनुपर्ने । नेपालमा एउटैपनि इटा उद्योग थिएन सबैकुरा भारतमानै निर्भर गर्नुपथ्र्यो । नेपालमा यति धेरै ढुङ्गा हुँदाहुँदै किन बिदेशी इटाको भरपर्ने भन्ने उनलाई लाग्यो । सुब्बा भन्छन् “चुरे तिर बसोबास गर्ने तमाम युवाहरु बेरोजगार थिए । तिनिहरुलाइ रोजगारी दिनु अर्को चुनौति थियो । मैले ढुङ्गाको घर बनाउनुपर्छ भन्ने अभियाननै सुरुवात गरे । मलाइ धेरैले पागल भने । यो भुकम्प आउदा आफै किचिएर मर्ने मेलो हो भने । तर मैले यस बिषयमा अध्ययन गर्न इन्जिनियर नै लगाए । अन्तत इटा भन्दा ढुङ्गाको घर बलीयो देखीयो ।” कोइला किन्दा कति पैसा बिदेश जान्छ । पर्यावरण मा पनि इटाभट्टाले धेरै असर गर्ने भयो । आर्कीटेक्चर इन्जिनियर हरु जमुना श्रेष्ठ नाम गरेका इन्जिनियरले तराइमा ढुङ्गाको घर बन्छ भन्नेमा जिम्वेवारी लिए । अनि धेरै युवालाइ ढुङ्गाको घर बनाउने तालिम दिइयो जसले गर्दा बेरोजगारी समस्याको आधा समाधान भएको उनि सम्झन्छन् । वास्तबमै इटहरीको हरेक निर्माणमा उनको नाम नजोडीएको छैन ।

४५ सालको भुकम्पमा मैले ढुङ्गे घर बनाउदै थिए । तला छापेकै दिन भुकम्प आयो । मलाइ रातभर निन्द्रा लागेन बिहान ३ बजेनै उठेर घर हेर्न गए । छेउछाउका आरसिसि घर भत्किएका थिए । तर ढुङ्गे घर केही पनि भएको रहेनछ । हुनत त्योबेला अरु जनतालाइ समस्या परेको थियो । मलाइ भने ढुङ्गे घर केही नभएकोमा युद्ध जितेजस्तो भइरहेको थियो । घर हेरपछी मन त फुरुङ्गनै थियो । कताकता बेचैन पनि भइरहेको थियो । म सिधै धरान तिर लागे । धरान अस्तव्यस्त भएको रहेछ । बिजयपुर त हेरीनस्ने गरी ध्वस्त भएको देखेँ । मैले मन थाम्न सकिन । यो बेला केही त गर्ने पर्छ भन्ने लाग्यो । म फिरेर इटहरी आए । केही साथीहरु लाइ राहत संकलनको लागी आग्रह गरीयो । प्रत्येक घरबाट एकएक जना स्वयमसेवक अनिवार्य गरीयो । ति स्वयमसेवकलाइ धरानको हरेक वाडमा एक एक दिन परीचालन गरीयो । त्यसरी २० दिन जति काम गरेपछी धरान हेर्नहुने भयो उनि बिगत सम्झदै भन्छन् ।

शिक्षाको हिसाबमा उनकै पहलमा जनता प्राबि माबी हुदै जनता बहुमुखी क्याम्पस सम्म संचालनमा आयो । उनि भन्छन् “ बासको टाटीले बारेर केटा केटी पढाउन सुरु गरेको जनता स्कुल अहिले बहुमुखी भएको छ । त्यसमा मलाइ सबै भन्दा धेरै गर्व लाग्छ । गरीबका छोराछोरीले पढ्ने मौका पाएकाछन् ।” जनता स्कुल लाइ हाइस्कुल बनाउने बेला पढाउने स्थानको अभाव भएपछी हाल जनता बहुमुखी क्यम्पस भएको स्थानको खोजी भएको हो । स्थानिय जग्गा दाता र जनताको श्रमदान बाट जनता क्याम्सको स्थापना गरियो । जनता बहुमुखी क्याम्पसको संस्थापक अध्यक्ष भएका सुब्बा जनता क्याम्पस आफ्नो मेरो सपना र जनताको पसीनाले सिंचित धरोहर मान्छन् । सुब्बा आफै क्याम्पसको अध्यक्ष भए । दधिराम आचार्य प्रमुख, डगेन्द्र आचार्य लाइ सचिवको रुपमा जिम्वेवारी दिएर क्याम्पस सुरुगरेको उनको भनाइछ । उनि भन्छन् “तत्कालिन शिक्षामन्त्रि केशर बहादुर बिष्ट लाइ बारम्बार फोन गरेँ त्यतिले मात्र नभएर इटहरीका जनता सहित डेलिकेशन पनि गयौ । र अनुमति पाएपछी जनश्रमदान बाट क्य।म्पस भवन निर्माण गरेकाहौ ।” त्यो क्यम्पस इटहरीको मात्र हैन पुर्वाञ्चलकै प्रमुख शैक्षिक गन्तव्य भएकोमा मलाइ खुसी लाग्छ सुब्बा भन्छन् ।

 

इटहरी सामन्तबादको बर्चस्व भएको ठाँउहो । पञ्चहरु सबै सामन्त हुन् भन्ने धारणा थियो । त्यो बेला पनि दुइथरी पञ्चहरु थिए । एक सामन्तबादी र अर्का उदारबादी । सुब्बा उदारबादीको नेता थिए । सामन्तबादीहरु जनतालाई दास मात्र बनाउन चाहान्थे तर उदारबादी हरुमा जनताको भावना अनुसार अगाडी बढ्नुपर्ने धारणा थियो । त्योबेला सम्झदै उनि भन्छन् “मैले जनजिविकाको क्षेत्रमा उल्लेख्य काम गरेको छु । त्यो बेला सर्वच्च अदालतले मिलाउन नसकेका मुद्धाहरु पनि हामिले यहि मिलाएका छौ । नेपालमै पहिलो पटक न्यायिक समिति गठन गरेर गाउँमै न्याय पाउने व्यवस्था मिलाइएको थियो । कुनैपनि मुद्धामा अदालत जान नपाउने भन्ने उर्दी जारी गरीयो । न्यायका नाममा समाज बिभाजन नहोस् भन्ने हेतुले त्यसो गरीएको थियो । पहिलो र दोस्रो कार्यकाल सम्ममा मैले मुद्धा नहराएको कुनै व्यात्ति थिएन तर पनि न्याय प्रतिको बिश्वासले गर्दा मैले तेस्रोपटक पनि बिजयी भए जस्तो लाग्छ ।”

“त्योबेला पुगनपुग एक लाख रुपैयाको बजेट हुन्थ्यो । तर जनश्रमदान बाटनै बिकाश हुन्थ्यो । कर्मचारी धेरै इमान्दार थिए । चिया खान कसैले भन्योभने पनि खादैनथे । अहिले यो भन्यो भने सपना जस्तो हुन्छ । अरबै बजेट भएको बेलामा भन्दा एकलाख बजेट भएको बेला उल्लेख्य काम गरेको थिए । त्यसैले पनि बिकाश सहज भयो तिनै बिकाशको आधारमा अहिले उपमहानगर टिकेकोछ । नत्र म च्यालेन्ज दिएर भन्छु त्यतिबेला एक लाख बजेट हँदा जती बिकाश अहिले करोडौ बजेट हँुदा भएकै छैन । कुनै उल्लेख्य काम अहीले गरेका छैनन् । विरेन्द्रको सालीक बनाउदा ५ लाख रुपैया अमर चित्रकार लाइ दिइयो अहिले त्यसको मुल्याङ्गकन पाँच करोण बराबर हो” सुब्बा भन्छन् । तरहरा कृषि फारमको बिचबाट बाटो लैजान कानुनी समस्या थियो तर कतै फकाएर कतै थर्काएर बाटो बनाएको सुब्बाको अनुभवछ ।

सुब्बालाई वर्तमान राजनितिक परीवर्तन बाट कुनै आशा छैन । संघियता र धर्मनिरपेक्षताले देशलाइ अधोगतिमा लैजाने उनको बुझाइछ । उनि राप्रपा नेपाल पार्टी बिभाजनको मुख्य योजनाकार हुन् । यसपाली राप्रपाको समानुपातीकतर्फको एक नम्बरका उमेद्धवार हुन् । उनि भन्छन् “मैले यसपाली भोट हालीन । संघियता र धर्मनिरपेक्षताको बिरोधी हुँ म । संघियताले देश बिभाजन गर्नेकाम मात्र गर्छ ।”

हुनत हामी पनि सरकारमा गयौ तर त्यसबेला पनि हामीले आलोचनात्मक समर्थन गरेर सरकारमा गएका हौ । पछि यो सरकारले मधेसको मुद्धा समाधान गर्न बिधेयक ल्यायो । जुन राष्ट्रहित विरुद्धमा थियो त्यसैले मैले त्यसको बिरुद्धमा पार्टी बिभाजन गरीदिए । त्यसपछी मलाइ मलाइ बारम्वार मन्त्रि बन्ने प्रस्ताव देखि ज्यान खतराको धम्कि पनि आयो उनि भन्छन् । पार्टी बिभाजन आफैले गरेको उनि स्विकार गर्छन् । कमल थापाले राष्ट्रबादी पार्टी भन्दै हिड्दा लाज लाग्छ सुब्बा भन्छन् । राप्रपाको बिचार सधै अमर रहनेमा उनि बिश्वस्त छन् । आफै नेतृत्व गर्दा धेरै चाजोपाजो मिलाउनुपर्ने भएकोले यसबिषयमा उनि भन्छन् “अब परिस्थितिले कता लैजान्छ नत्र नेतृत्व पनि गर्न सक्छ”ु । कमल थापा सत्ता स्वार्थमा परेर यो दुर्गति बेहोनुपरेको सुब्बाको बुझाइछ ।

गणतन्त्र र संघियता लाइनै उपलब्धि मान्ने हो भने समृद्धी केवल सपना मात्र भएको उनको बुझाइछ । केपी ओलीले स्वभिमानको पुजि लाइ जम्मा गर्नु भएको छ । आफुपनि ओलीको नेतृत्वमा बनेको सरकारमा सहभागि भएको । मन्त्रि भएकोले सरकार कहाँ बाट कसरी चल्छ त्यसको राम्रो ज्ञान पाएको सुब्बाले सुझाए । उनि भन्छन् मन्त्रि हुँदा पैसाको बाढीमा डुबेजस्तो हुदो रैछ तर मेले बाढीलाइ किनार बाट नियाँले । धरानको जलधारको बिषयमै पनि धेरै भुमाफीयाहरुले मलाइ भेटे तर त्यो ऐतिहासीक क्षेत्र भएकोले मैल सट्टाभर्ना गर्न मानिन तर पछिल्लो सरकारले गरेछ । यस्ता हजारौ काम मैले गरे तर देश भ्रष्टाचारले जर्जर भएकोछ यो पुस्तालाइ धेरै समस्या देख्छु । उनि केपि ओलि प्रति गर्भ गर्छन् । भन्छन् “यो पुजीलाइ वहाँले कसरी भजाउनुहुन्छ त्यो हेर्न बाकी छ ।”


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg