गृहपृष्ठ » News » सिएफएल पछी, बाहीरीयो स्टेसनरीे भ्रष्टाचार

सिएफएल पछी, बाहीरीयो स्टेसनरीे भ्रष्टाचार

 Posted by Itahari Fm | error | ६३० पटक

 

विनय बाह्रकोटी /

इटहरी उपमहानगरपालीकामा भएको सिफएल भ्रष्टाचारको छानबिन बाकी रहेकै बेला स्टसनरीका सामाग्री भित्रको नयाँ भ्रष्टाचार फेला परेकोछ । लियो क्लब अफ इटहरी ग्रिनसिटीलाइ नगरपालीकाले उपलब्ध गराउने समानमा स्टेशनरी संगको मिलेमतोमा भ्रष्टाचार भएको पाइएको हो ।
केहि दिन अगाडी लियो क्लब अफ इटहरी ग्रिनसिटीले रामधुनि नगरपालीका स्थिीत “ श्री तह्रौ बालबालीका स्मिृती बिद्यालय” मा एक कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा इटहरी उपमहानगरपालीकाले १५हजार बराबरको स्टेशनरी सामाग्री उपलब्ध गराउने भयो । समागी्रपनि लगेर बितरण गरीयो । तर पहिला स्टशनरीले उपलब्ध गराएको बिल र अहिले नगरपालीकामा पेश गर्नु पर्ने बिलमा भिन्नता पाइएपछि भ्रष्टाचार भएको तथ्य फेला परेकोहो ।

१५ रुपैया पर्ने १५ दर्जन कापी लाइ २७०० पर्छ तर नगरपालीकालाइ दिने बिलमा २० रुपैया रेट लगाएर ३६०० बनाइएकोछ ।  ८ पिसको १०० रुपैया प्रतिगोटाका दरले ८०० पर्ने लेमिनेशन चार्टलाइ १५० प्रतिगोटा मुल्यराखी १२०० बनाइएकोछ ।
त्यस्तै ४५० पर्ने ब्याडमिन्टनको ब्याडलाइ ७०० मुल्य राखीएकोछ भने १५० रुपैया पर्ने ब्यडमिन्टन ककलाइ ५०० रुपैया मुल्य राखीएकोछ । १ हजार रुपैया पर्ने फुटबललाइ १५०० को बिल बनाइएकोछ । भने ३० रुपैयाको लुडोबोर्डलाइ बिलमा ८० रुपैया बनाइएकोछ । समग्रमा हेर्दा ६३४० रुपैया पर्ने स्टेशनरी समाग्री खरीद गर्दा २४५०मुल्य बढाएर ८७९० रुपैया बनाइएको पाइएकोछ ।

इटहरीको ताप्लेजुङ्ग स्टेशनरीले उपलब्ध गराएको बिलमा यस्तो अनियमितता पाइएको हो । कुनै सामानको सहि रेट लेखेपनि जोड्दा हिसाब नमिल्ने गरी बढाएर जोडीएकोछ । लियो क्लब अफ इटहरी ग्रिनसिटीले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने भनेपछी उपमहानगरपालीकाका कर्मचारीले स्टेशनरीका सामाग्री बाट कमिसन खानेगरेको तथ्य फेला परेकोहो ।
मुल्य समान नभएको बिषयमा क्लबका अध्यक्ष बिभुषण खड्काले पसले लाइ किन यस्तो भयो भन्ने प्रश्न गरे तर यसको उत्तर भित्रगएर सोध्न भनेपछी रहस्य बाहीर आएकोहो । पहिला एउटा मुल्यमा सामान लगीयो तर पछी नगरपालीकामा पेश गर्नु पर्ने बेलामा मुल्य बढेको पाइएपछी यसलाइ बाहीर ल्याइएको खड्काले बताए ।
सिएफएलमा भएको भ्रष्टाचारको बिषयमा छानबिन भइनसक्दै स्टेशनरी भित्रको रहस्य फेला परेकोछ । स्टेशनरीका संचालक र नगरपालीकाका कर्मचारीको बिषयमा भएको मिलेमतोका आधारमा भ्रष्टाचार भएको स्पस्ट भएको हो । सम्बन्धित व्यक्ति वा संस्थालाइ एउटा मुल्यमा सामान दिने तर नगरपालीकामा मुल्य बढाएर बिल पेस गर्ने गरेको पाइएकोछ ।

यसरी इटहरी उपमहानगरपालीका भित्रका बारम्बारका भ्रष्टाचाले सम्पुर्ण जनप्रतिनिधिको खिल्लि उडाइरहेकोछ । कर्मचारीको मिलेमतोमा भएका यस्ता प्रकरणले जनप्रतिनिधिको धज्जि उडाइरहेकोछ । कर्मचारीले खुलमखुल्ला देखीनेगरी बाहीरका पसलेसंग साठगाठ गर्ने गरीरहेकाछन् । जनप्रतिनिधि आएपछी भ्रष्टाचार लगाएत सम्पुर्ण समस्या समाधान हुन्छ भन्ने आस गरेका जनतालाइ यस्तो प्रकरणले थप नैराश्यता पैदा गर्ने प्रस्टछ ।

कालोबाजारी गर्ने पसल र त्यससंग संबन्धित सम्पुर्ण निकायलाइ कारबाही गर्ने अधिकार पाएको स्थानिय सरकारले आफ्नै कार्यलयभित्रको लुटलाइ रोक्न सकेकोछैन । दिनदहाडै कर्मचारी र पसल संचालक मिलेर नगरपालीका लुटीरहेको बेला जनप्रतिनिधि यो सम्पुर्ण बिषयमा अझैसम्म जानकार भएको पाइन्दैनन् ।
सिएफएल प्रकरणको छानबिन बाहीर नआउदै बाहीरीएको स्टेशनरी प्रकरणले नगरपालिकामा थप चुनौती थपेकोछ । यसरी बारम्बार देखीनेगरी भ्रष्टाचार भइरहदा जनप्रतिनिधि नाजवाफ भएर बस्न मिल्दैन । सत्य तथ्य बाहीर निकाल्न पछीपर्न हुन्न ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg