गृहपृष्ठ » News » सडक बन्द गराउने सिटी चालक र प्रहरी वीच झडप

सडक बन्द गराउने सिटी चालक र प्रहरी वीच झडप

 Posted by Itahari Fm | error | १६८ पटक

सडक बन्द गराउने सिटी सफारी चालक र प्रहरी वीच इटहरीमा झडप भएको छ । मुख्य राजमार्गमा सञ्चालन पाउनु पर्ने माग गर्दै आएका सफारी चालहरुले सडक अवरुद्ध गरे पछि प्रहरीसँग झडप भएको हो ।
यातायात व्यवस्था विभागले सिटी सफारीलाई मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाउँदै भित्री सहायक राजमार्ग मात्र सञ्चालन गर्नपाउने निर्णय गरेको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले विहिबारबाट मुख्य राजमार्गबाट हटाउन सुरु गरेपछि सिटी सफारी चालकहरु आन्दोलित भएका थिए ।
आज पनि सडक अवरुद्ध गरेका सफारी चालकलाई हटाउन खोजेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीले बल प्रयोग गर्न थालेपछि आन्दोलित भएका सफारी चालकले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहार भएपछि लाठी चार्ज साथै अश्रुग्याँस प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी संजय राउतले जानकारी दिनुभयो ।
झडपमा प्रहरीले ६ सेल अश्रुग्याँस प्रहार गरेको छ । झडपमा परी प्रहरी तर्फ एक प्रहरी घाईते भएको डिएसपी राउतले बताउनुभयो । सिटी सफारी चालक तर्फ पनि केही घाईते भएको बताइएको छ ।
केही समय अघि सर्वपक्षिय छलफलबाट मुख्य राजमार्गबाट हटाउने सहमति भएको थियो । भित्री राजमार्गमा सञ्चालन गर्न तयार भएका सफारी चालकहरुले छुट्टै रुटको तोकिएको भए पनि जथाभावी मुख्य राजमार्गमा सञ्चालन गर्दै आएका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg