गृहपृष्ठ » News » युवा तथा उद्यमी भन्छन्, राजनधानी बन्दा इटहरी गुम्सिन्छ

युवा तथा उद्यमी भन्छन्, राजनधानी बन्दा इटहरी गुम्सिन्छ

 Posted by Itahari Fm | error | ३०८ पटक

विनय बाह्रकोटी /

 

प्रदेश नं १ को राजधानी कहाँ बन्ने हो भन्ने बिषयले अहीले चर्चा पाइरहेकोछ । इटहरीलाइ राजधानि बनाउनको लागी इटहरी नागरीक समाजको पहलमा राजनधानि सरोकार समाज नै गठन भयो । इटहरीका नगर प्रमुख द्धवारीकलाल चौधरीको संयोजकत्वमा बनेको समितीले बिभिन्न दबाबको कार्यक्रम पनि गर्दैछ । प्राध्यापक उमानाथ रिजालको संयोजकत्वमा छ सदस्यिय राजधानि अध्ययन समिती पनि बन्यो । जसले आफ्नो प्रतिबेदन तयार पारीसकेकोछ । इटहरीलाइ राजधानी बनाउने आधार सहितको प्रतिवेदन सो समितीले तयार पारेकोहो ।
इटहरी पुर्वको उदाउदो व्यापारीक नगरीहो । पछिल्लो समय शैक्षिक केन्द्रको रुपमा पनि यो परितिचछ । सुरक्षा, यातायातको सुगमता, पर्याप्त जग्गा जमिन, कोशि मेची करीडोरलाइ समेट्न सक्ने, सम्पुर्ण प्रदेशबासी लाइ सहज आवागमन हुने भएकोले इटहरी राजधानी हुनुपर्छ भन्ने तर्क बाहीर आएकाछन् । लगातार धरान, धनकुटा, गोठगाँउ, बिराटनगर, दमक लागायत पुर्वका उदाउदा सहरहरुले पनि आफ्नो दाबी राखिरहेकाछन् । राजधानि बन्न थप बल पुगोस् भन्ने अभिप्रायका साथ इटहरीका केही अभियन्ताहर्रु ै प्रधानमन्त्रि, एमाले र माओबादी केन्द्रका अध्यक्ष संग भेटघाट गर्न काठमाण्डौ पुगेकाछन् ।

 

राजधानि बन्दा के हुन्छ भन्ने सम्मको न्युनतम ज्ञान नभएकाहरु नै राजाधानी बन्नुपर्छ भनेर चर्को स्वरमा बोलीरहेकाछन् । न्युततम पुर्वाधार पनि नभएको र भएका निकायहरुलेकाम गर्नको लागी पनि उपयुक्त स्थान नभएको यो बिडम्बनापुर्ण अवस्थामा इटहरी राजधानी बन्नु उपयुक्त नुहुने तर्क हरुपनि छन् । केहि युवा तथा उद्यमी पनि यसको खिलापमा देखिन्छन् ।
इटहरी ५ निवासी कानुन बिषयका बिद्यार्थी सेमन्त कोइराला इटहरीको पहिचान व्यापारीक सहरहो । यसलाइ थप संकुचित र अस्तव्यस्त बनाउन मात्र राजनधानि राख्नुपर्ने तर्क गर्छन् । उनि भन्छन् इटहरी शेक्षिक केन्द्र हो, व्यापारीक केन्द्र पनि हो, र खेलकुदको केन्द्र पनि हो अब हरेक केन्द्रलाइ एकै ठाँउमा थुपारेर विकेद्रिकरण भन्न मिल्दैन । त्यसैले बिकाश नपुगेको स्थानमा बिकाश पुर्याउनको लागी र पर्यावरण मैन्त्रि स्थान मात्र राजनधानि बन्न उपर्युक्त मानिन्छ ।

 

त्यस्तै पर्यटन व्यवसायी राधेश्याम पोडेल पनि इटहरी आफ्नो हिसाबमा बनिसकेको सहर भएकोले नयाँ संरचनाको सहर बनाउनको लागी अन्य बिकल्प सोच्नुपर्ने तर्क गर्छन् । इटहरीकै आसपासका धेरै नगरहरुमा खाली जग्गा जमिन र पर्याप्त बिकल्पहरु छन् तिनै बिकल्पको उपयोग गर्नसक्नुपर्ने उनको बुझाइछ । भुम्का देखी चतरा सम्मको भुभाग त्यसको बिकल्प हुनसक्ने उनको भनाइछ ।

इटहरी प्रदेश नं १ को राजधानी बन्नसक्ने आधार मध्ये चारैतिर जान सकिने जक्सन भएको तर्क बलियो रुपमा प्रस्तुत गरीएकोछ । तर पुरानो भौतिक बिकाशलाइ हेरेर इटहरीले आफ्नो दाबी गर्न नसुहाउने तर्क पनि सुनिन थालेकोछ । इटहरी ३ का युवाबिद्यार्थी निमेस घिमिरे पनि इटहरीलाइ व्यापारीक सहर बनाएर राजधानीको लागी नयाँ संरचनको स्मार्ट सिटि बनाउन नयाँ स्थानको खोजि गरीनुपर्ने उनको तर्कछ । बनिसकेको सहरलाइ राजधानि बनायो भने अस्तव्यत बन्नसक्ने उनको बुझाइछ ।
त्यस्तै युवासंघ सुनसरी क्षेत्र नं २ का अध्यक्ष होमनाथ धमला पनि इटहरी भन्दा पनि इटहरीकै आसपासको क्षेत्र उपयुक्त हुने तर्कगर्छन । कुनै भौतिक संरचनालाइ हेरेर राजधानि बनाउने हैन । भोलीको पुस्ताको भबिश्यलाइ मध्यनजर गर्दै राजधानीको बारेमा सोच्नुपर्ने उनको बुझाइछ ।
राजधानीको बिषयले गार्माएको यो परिस्थितिमा इटहरीलाइ राजधानी बनाउनुहुन्न भन्यो भने भोलीको राजनितिनै सकिने भएकोले राजनितिकर्मी हरु यसको पक्षमै बोल्न बाध्य भएकाछन् । इटहरी क्षेत्रका पत्रकार, व्यापारीक संस्था तथा नागरीक समाज एक भएर राजधानिको वकालत गरीरहेकाछन् । तर यो बिषयमा सबैले आफ्नो मात्र सहि अरुको गलत हो भन्ने भावनालाइ त्यागेर सम्पुर्ण प्रदेशकोे हितमा काम गर्नुपर्ने कांग्रेस नेता रमेश पोख्रेलको बुझाइछ । उनि भन्छन् इटहरी मात्र सबै कुरा हैन हामी इटहरी बासी भएर इटहरी भन्नु बाध्यताछ । तर राजनिति गर्ने भएकोले समग्र देश र प्रदेशलाइनै फाइदा हुने स्थानमा राजधानि हुनुपर्छ ।

इटहरी प्रदेश नं १को राजधानी बन्नुपर्छ भन्ने आवाज चर्को हुदैगर्दा भित्रभित्रै यसको बिकल्पको बिषयमा पनि सोच्नुपर्ने आवाज उठ्न थालेको छ । जहाँ जे छ त्यहा त्यही गर्नुपर्ने हुन्छ । इटहरी व्यापार र शिक्षाको हव हो भने व्यापारीक र शैक्षिक नगरी बनाउने र त्यसमै थप रचनात्मकता थप्ने काम गर्नुपर्ने देखिएकोछ । भौतिक बिकाशको हिसाबमा केही पछाडी परेको तर सम्भावना बोकेको क्षेत्रमा राजधानि बनाउनुपर्ने बुझाइ बलियो बन्दै गएकोछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg