गृहपृष्ठ » इटहरी अपडेट » सरजमिन लिएर घुम्ती रंगमञ्च पूर्वमा

सरजमिन लिएर घुम्ती रंगमञ्च पूर्वमा

 Posted by Itahari Fm | error | १२३ पटक

नेपालमा न्याय दिने प्रकृया भित्रका विसंगतिको कथा बोेकेको नाटक सरजमिन पूर्वका ८ वटा शहरमा प्रर्दशन गरिने भएको छ । लेट्स इन्टरटेनमेन्ट प्रा.लि र मण्डला नाटक समुह नेपालले दोस्रो पूर्वाञ्चल नाट्य यात्रा मार्फत एक नम्बर प्रदेशका ८ वटा शहरमा नाटक प्रर्दशन गर्ने भएको हो ।

विगतमा नेपालमा चल्दै आएको न्याय दिने पद्दतिमा आधारित भएर पुस्कर समशेरले लेखेको कथालाई नाटकमा उतारिएको बुधबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक प्रवीण खतिवडाले जानकारी दिए । विगतमा मुखिया पञ्चहरुले दिने न्यायको प्रकृया, अहिले संग्रचना मात्रै फरक भएको तर न्याय दिने प्रकृया एउटै भएको कथा सरजमिन नाटकमा देख्न सकिने निर्देशक खतिवडाले बताए । सामान्य नागरिकको न्यायलयमा पुग्न नसक्ने वर्तमान अवस्थालाई नाटकले उजागर गर्ने उनले बताए ।

नाट्य तथा फिल्मी क्षेत्रमा छुट्टै छाप बनाएका बुद्धि तामागं सहित विजय बराल, विकास जोशी , उमेश तामागं, सोमनाथ खनाल लगायतका कलाकारले अभियनय गर्नेछन् । पुस २५ गते इटहरीमा सुरुहुने घुम्ती रंगमञ्च बेलबारी, चुलाचुली, धुलाबारी, झोराहाट हुँदै विराटनगरमा समेत प्रर्दशन गरिने बताइएको छ ।

१५सदस्य कलाकारको टोली पूर्वमा १५दिन भ्रमण गर्नेछ । नाटक प्रर्दशनमा स्थानिय कलाकारले पनि अवसर पाउने भएकाले यो नाट्य अभियानले अभिनय तिखार्ने अवसर हुने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताउनुभयो । नाट्या यात्राका दौरान स्थानिय कलाकारलाई चर्चित कलाकारहरुले प्रशिक्षण समेत दिने बताइएको छ ।
अघिल्लो बर्ष पनि मण्डला थियटर नेपालको चर्चित नाटक डिग्री माईला मञ्चन गरिएको थियो । पछिल्लो समय पूर्वका शहरमा नाटक हेर्ने दर्शकमा वृद्धि भईरहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg