गृहपृष्ठ » News, इटहरी अपडेट » राजधानीकालागि इटहरीबासी रचनात्मक दबाब दिँदै ।

राजधानीकालागि इटहरीबासी रचनात्मक दबाब दिँदै ।

 Posted by Itahari Fm | error | २१५ पटक

इटहरीबासीले प्रदेसको राजधानीकालागि रचनात्मक ढंगले दबाब दिन थालेका छन् । सबैले आ आफ्नो क्षेत्रमा राजधानीको माग गरिरहेको र कतिपय ठाँउमा बन्दहडतालनै भैरहेको बेला इटहरीबासीले इटहरी राजधानी हो यहा सबैलाइ स्वागत छ भन्दै यहाँ आउने सबारीका यात्रुलाइ फूल दिलएर स्वागत गरेका छन् र इटहरीबाट बाहीरीने सबारीका यात्रुलाइ पनि फूल दिएर सुखद यात्राको कामना गरेका छन् ।
बुधबार बिहान झिसमिसेमा इटहरीको कलंकी चौकमा काठमाण्डौ जाने माइक्रोका चालक र यात्रुलाइ फुलमाला लगाइरहेका उद्योग बाणिज्यसंघ इटहरीका कार्यबाहक अध्यक्ष तथा राजधानी सरोकार समाज इटहरीका सचिब शैलेस बिष्टले राजधानी इटहरीनै हो भन्ने सन्देस दिन यस्तो काम गरेको बताए ।

बुधबार बिहान बिष्ट जस्तै इटहरीका दर्जनौ लब्धप्रतिष्ठत ब्यक्तीहरु हातमा फुलमाला बोकेर झिसमीसेमै कलंकी चौकमा भेला भएका थिए । उनीहरुले काठमाण्डौ जाने माइक्रोबसका चालक र यात्रुलाइ फूलमाला लगाएर बिदा गरेका छन् र प्रदेस नं १ को राजधानी इटहरीनै हुनुपर्छ भन्ने खबर राजधानी सम्म लगिदिन आग्रह गरेका छन् । इटहरीबासीको यो रचनात्मक दबाबलाइ यात्रु र चालकले पनि प्रसंसायोग्य दबाब भनेका छन् । भोजपुरबाट इटहरी हुदै काठमाण्डौ हीडेका सन्चारकर्मी अर्जुन बस्नेतले हातमा फुल पाए पछि फेसबुकमा स्टाटस लेख्दै यो कामको प्रसंसा गरेका छन् र इटहरीनै राजधानी उपयुक्त हुने बताएका छन् । धनकुटाको बन्द झेलेर इटहरी आएका तेह्रथुमका कमल ढुंगानाले पनि इटहरीबासीको दबाब दिने तरिका र भौगोलीक हीसाबले इटहरीनै राजधानी उपयुक्त भएको बताएका छन् ।
इटहरी लगायत पुर्बका बिराटनगर, धरान, धनकुटा, गोठगाँउ लगायतका क्षेत्रमा पनि राजधानीको माग भैरहेको छ । सबैले आ आफ्नो ठाँउबाट राजधानीकालागि आन्दोलन गरि रहेका छन । इटहरीबासीले भने इटहरीका मेयरको संयोजकत्वमा दबाब समुह बनाएर इटहरीमा यस्ता रचनात्मक दबाबका कार्यक्रम गरि रहेका छन भने एउटा टोली काठमाण्डौ पठाएर सरोकारवालाहरुलाइ इटहरीनै राजधानी कीन उपयुक्त छ भन्ने आधार पत्र दिएका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg